टेलिकमको मोबाइल मनीलाई राष्ट्र बैंकको स्वीकृति, छिट्टै मोबाइल वालेट सञ्चालनमा आउने

Technology Khabar ५ चैत्र २०७७, बिहीबार

टेलिकमको मोबाइल मनीलाई राष्ट्र बैंकको स्वीकृति, छिट्टै मोबाइल वालेट सञ्चालनमा आउने
Classic Tech

नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमको मोबाइल भुक्तानी सेवा मोबाइल मनीलाई स्वीकृति प्रदान गरेको छ।

यो मोबाइल भुक्तानी सेवा राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनी अन्तर्गत सञ्चालनमा आउनेछ।

यो स्वीकृतिपछि अब इन्टरनेट बिना नै टेलिकमका मोबाइल नम्बरमार्फत् डिजिटल वालेटको काम हुने जनाइएको छ।

यसै सन्दर्भमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीप्रसाद अधिकारीले मोबाइल मनीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुमा लामो समयदेखि काम भइरहेको र आवश्यक प्रक्रियापछि आगामी वैशाखभित्रै मोबाइल वालेट सञ्चालनमा आउने बताए।

मोबाइल मनीको सेवा इन्टरनेटमार्फत तथा नेपाल टेलिकमको मोबाइलमा नै भुक्तानीका लागि ब्यालेन्स अपलोड गरेर पनि प्रयोगमा गर्न सकिने टेलिकमले जनाएको छ।

TK Viber

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार

Loading...