नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित

Technology Khabar ५ चैत्र २०७७, बिहीबार

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित
Classic Tech

नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।

आगामी चैत १३ गते आयोजना हुने टेलिकमको तेह्रौं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट एक सञ्चालक सदस्यको निर्वाचन हुँदैछ।

उक्त पदका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुनुपर्नेमा पौडेलको मात्र  मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका थिए।

उनले उम्मेदवारी घोषणाका बेला नेपाल टेलिकमको सञ्चालक समितिमा आफ्नो उपस्थितिले टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता जनाएका थिए।

पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् भने उनी आईएमई ग्रुपको लगानी रहेको चन्द्रागिरी हिल्सलगायत कम्पनीहरुमा समेत निर्देशक तथा लगानीकर्ताको रुपमा आबद्ध छन् ।

उम्मेदवारी दर्ताका बेला पोडेलले फेसबुकमा यस्तो प्रतिबद्धता जाहेर गरेका थिए, ‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो । नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबैभन्दा बढी राजश्व दिने, कर्मचारीलाई सबैभन्दा बढी बोनस दिने र लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने छ’, उनको भनाइ थियो।

निर्विरोध निर्वाचित पाैडेल उनी लगानीकर्ता कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालिका निर्देशक समेत हुन् ।

TK Viber

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार

Loading...