Technology Khabar ५ चैत्र २०७७, बिहीबार
सन २००६ देखि २००९ सम्म एप्पलको म्याक कम्प्युटरको विज्ञापनमा म्याक कम्प्युटरको चरित्र निर्वाह गर्दै यसको व्यापारलाई उचाइमा पुर्याएका जस्टिन लङ फेरि विज्ञापनको दुनियाँमा फर्किएका छन्।
तर उनले अब भने विज्ञापनमा इन्टेलको प्रवर्द्धन गर्ने र एप्पलको खिल्ली उडाउनुपर्ने हुन्छ।
गएको बुधबार इन्टेलले आफ्नो युट्युब च्यानलमा जस्टिन लङ अभिनित थुप्रै विज्ञापनहरु सार्वजनिक गरेको थियो जसमा लङले पर्सनल कम्प्युटरहरुका बारेमा बताएका थिए।
कम्पनीले सार्वजनिक गरेको सबै भिडियोमा लङले ‘हेल्लो म जस्टिन..। एउटा मान्छेले म्याक र पर्सनल कम्प्युटरका बीच तुलना गर्दैछ।’
उनले अहिलेका विज्ञापनमा पनि १० वर्षअघि हजम्यानसँग विज्ञापन खेल्ने बेला लगाएको सुट लगाएका छन् भने विज्ञापन मा प्रयोग गरिएको पार्शव ध्वनी पनि उस्तै छ। विज्ञापनमा उनले अहिले लिएको उत्पादन र कम्पनीमात्र फरक छ।
पहिलेका विज्ञापनमा उनले म्याक कम्प्युटरको राम्रा पक्षमा जोड दिएर अन्य पर्सनल कम्प्युटरका बैगुनहरुका बारेमा चर्चा गर्ने गर्दथे। अहिले इन्टेलले त्यही काम अर्थात म्याक र अन्य कम्प्युटरको तुलना गर्नका लागि लङलाई नियुक्त गरेको हो।
फरक यति छ कि अहिले उनले अन्य पर्सनल कम्प्युटरको राम्रा पक्षलाई जोड दिनेछन् भने एप्पलको टचबार, एकभनुदा बढी मोनिटर सपोर्ट नगर्ने तथा म्याक कम्प्युटरकोखैरो रंगको बारेमा नकारात्मक टिप्पणी गर्नेछन्।
प्रकाशित: ५ चैत्र २०७७, बिहीबार