सिभिल बैंकको नगदरहित अभियान, धनगढीको दैनिक कृषि उपज हाट बजारमा क्युआर कोड सेवा

Technology Khabar ५ चैत्र २०७७, बिहीबार

सिभिल बैंकको नगदरहित अभियान, धनगढीको दैनिक कृषि उपज हाट बजारमा क्युआर कोड सेवा

काठमाडौं ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

उक्त बजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोत्साहन गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरुको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि वताए ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७५ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको जनाएको छ।

easy care

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार