यसरी बचाएका थिए इन्जिनीयरले पड्किनै लागेको स्पेसएक्सको रकेटलाई

Technology Khabar ५ चैत्र २०७७, बिहीबार

यसरी बचाएका थिए इन्जिनीयरले पड्किनै लागेको स्पेसएक्सको रकेटलाई
Classic Tech

कुरा सन् २००८ को हो जतिबेला अहिलेको अर्बाैं डलरको सफल अन्तरिक्ष कम्पनी स्पेसएक्सले कनै पनि रकेट सफलतपूर्वक प्रक्षेपण गर्न सकेको थिएन।

अमेरिकाको हवाइ शहरमाथिको आकाशमा स्पेसएक्स रकेट बोकेको सी-१७ जेट उडिरहेको थियो। उक्त एअर फोर्स जेटले मार्शल टापूमा रहेको प्रक्षेपण केन्द्रसम्म स्पेसएक्सको फाल्कन १ नाम गरेको रकेट प्रक्षेपणका लागि लिएर जाँदै थियो।

जहाजबाट ओरालेर त्यहाँबाट विशेष डुंगामा राखेर उक्त रकेटलाई मार्शल टापूमा रहेको प्रक्षेपण केन्द्रमा पुर्याइनुपर्ने थियो। पटक पटकका असफल प्रयासपछि लगभग अन्तिम पटकका लागि प्रक्षेपणको प्रयास हुँदै थियो।

कम्पनीसँग भएका आर्थिक स्रोतहरु सकिइसकेका थिए भने कुनै पनि रकेट सफलतापूर्वक प्रक्षेपण हुन सकेको थिएन। यो कम्पनीको अन्तिम मैका थियो। यो असफल हुनु भनेको स्पेसएक्स सडकमा आउनु थियो।

तर जब रकेट बोकेको जहाज ल्याण्ड गर्नका लागि ओरालो झर्न थाल्यो तब त्यहाँ रहेका इन्जिनीयरहरुले एउटा ठूलो र डरलाग्दो विस्फोट भएकोजस्तो आवाज सुने।

रकेटमा रहेको दबाब असन्तुलन भएका कारण रकेट लगभग विस्फोट हुने अवस्थामा थियो।

त्यसैबेला स्पेसएक्समा भर्खरै आवद्ध भएका नयाँ इन्जिनीयर ज्याक डन तत्काल रकेटको भित्री भागमा पसेर समस्या समाधान गरे र समग्रमा स्पेसएक्स कम्पनी, यसको भविष्य तथा आफू र आफूसँगै विमानमा रहेका सबैको ज्यान बचाउन सफल भए।

एउटा स्पेसएक्सका इन्जिनीयरको यो संस्मरण एरिक बर्जर नाम गरेका पत्रकारले हालै निकालेको पुस्तक ‘लिफ्टअफ’ मा समावेश गरिएको छ।

बर्जर पत्रकारका साथै आर्स टेक्निका वेबसाइटका अन्तरिक्ष विधाका वरिष्ठ सम्पादक हुन्। उनको पुस्तक लिफ्टअफमा स्पेसएक्सका सुरुवाती दिनहरुमा भएका यो र दुर्गम टापूमा प्रक्षेपण केन्द्र बनाउँदाको सास्ती, उक्त टापूमा भोकभोकै बन्दी भएपछि इन्जिननीयरहरुले गरेको विद्रोह तथा अन्तरिक्षमा व्यावसायिक रकेट प्रक्षेपण लागि गरिएको विमानको इमर्जेन्सी टेकअफ जस्ता थुप्रै घटनाक्रमहरुको वर्णन समावेश गरिएको छ।

TK Viber

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार

Loading...