नेपाल इन्भेस्टमेन्ट बैंकको आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालनमा

Technology Khabar ४ चैत्र २०७७, बुधबार

नेपाल इन्भेस्टमेन्ट बैंकको आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालनमा

काठमाडौं ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको छ।

भौतिक रुपमा बैंक र एटीएमसम्म आइरहनुपर्ने अवस्थालाई कम गर्न यो डिजिटल वालेट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यो वालेटबाट ग्राहकले सजिलै आफ्नै स्मार्टफोनबाट पैसा पठाउन सक्ने बैंकले जनाएको छ।

हालै राष्ट्रले बैंकले मोबाइल बैंकिङबाट पठाउन मिल्ने नगदको सीमा बढाएको केही हप्तामै बैंकले आफ्नो डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको हो। यो वालेटमार्फत बैंकका ग्राहकले सजिलै र सुरक्षित तरिकाले पैसा पठाउन, पाउन र खाता विवरण हेर्न सक्ने बैंकले जनाएको छ। यसबापत कुनै शुल्क नलाग्ने पनि बैंकले स्पष्ट पारेको छ।

थैलीको मोबाइल एप र वेब पोर्टल थैली डट कम डट एनपीमार्फत ग्राहकले आफ्नो बैंक खाता लिंक गर्न सक्ने बैंकले जनाएको छ। थैली वालेट प्रयोगले निःशुल्क रुपमा आपसमा रकम लेनदेन गर्न सक्ने पनि बैंकले जनाएको छ।

थैली वालेटमार्फत विभिन्न पी टु पी फन्ड ट्रान्सफर, क्यास इन, क्यास आउटलगायतका कार्य अन्य एजेन्ट नेटवर्क, एजेन्स र मर्चेन्टहरुबाट रकम पठाउने र पाउने सुविधा छिटै थपिने बैंकले जनाएको छ।

यसैगरी बैंकले थैली ओभरड्राफेट कर्जा सेवा पनि सार्वजनिक गरेको छ। यो कर्जा सेवाको मुख्य उद्देश्य भनेको साना तथा मझौला उद्यम कर्जा, किराना स्टोरहरुलाई ओभरड्राफ्ट, मर्चेन्ट र साना व्यवसायीहरुलाई कर्जा सुविधा दिनु नै रहेको बैंकले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ४ चैत्र २०७७, बुधबार

ताजा समाचार