शाओमीद्वारा रेडमी ब्राण्डका स्मार्ट टीभी सिरिज सार्वजनिक

Technology Khabar ४ चैत्र २०७७, बुधबार

शाओमीद्वारा रेडमी ब्राण्डका स्मार्ट टीभी सिरिज सार्वजनिक
Classic Tech

शाओमीले रेडमी ब्राण्डका स्मार्ट टीभी एक्स सिरिज भारतीय बजारमा सार्वजनिक गरेको छ। यो टीभी ५० ५५ र ६५ गरी तीन साइजमा उपलब्ध हुनेछ।

यो कम्पनीको पहिलो टीभी हो भने यसमा आईओटी प्रोडक्ट सपोर्टका लागि एमआई होम एप पनि समावेश गरिएको छ।

अनलाइन कार्यक्रम गरेर सार्वजनिक गरिएका यी सिरिजका टीभीले डल्बि भिजन, डल्बि एटमस तथा एचडीआर१०+ सपोर्ट गर्छन् भने यिनीहरु ३० वाटको स्पीकरसहित उपलब्ध छन्।

सामान्य स्पेसिफिकेशन

रेडमी टीभी एक्स सिरिजका सबै मोडलले ४एच एचडीआर एलईडी सपोर्ट गर्छन्। स्क्रीन साइजबाहेक सबै टीभीका स्पेसिफिकेशन र विशेषता समान छन्। यिनीहरुले ४के भिडियो सपोर्ट गर्छन् भने यिनीहरुको रेजोल्युशन ३८४०x२१६० पिक्सेल रहेको छ।

यी टीभीमा शाओमीको भिभिड पिक्चर इन्जिन तथा एचडीआर१०+ सपोर्ट दिइएको छ भने ६४ बिट क्वाड कोर प्रोसेसर, २ जीबी र्याम तथा १६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ।

अडियो

डल्बि अडियो सपोर्ट गर्ने ३० वाटको अडियो साउन्ड आउटपुट राखिएको छ।

कनेक्टिभिटी

यसमा कनेक्टिभिटीका लागि तीनवटा २.१ एचडीएमआई पोर्ट, दुईवटा यूएसबी पोर्ट, डुअल ब्याण्ड वाइ फाइ, ३.५ एमएम अडियो ज्याक तथा ब्लुटूथ ५.० दिइएको छ। साथै यसमा गुगल असिस्टेन्ट सपोर्ट पनि उपलब्ध छ।

यी टीभीको कन्ट्रोलमा नेटफ्लिक्स तथा प्राइम भिडियोका लागि डेडिकेटेड हट की दिइएको छ। साथै गुगल असिस्टेन्ट बटन पनि राखिएको छ। यसबाहेक पिक्चर इन पिक्चर मोडको फिचरका साथमा बिल्ट इन गुगल क्रोमकास्ट सपोर्ट पनि थपिएको छ।

TK Viber

प्रकाशित: ४ चैत्र २०७७, बुधबार

Loading...