अमेजफिटका स्मार्ट डिभाइस ईसीजी सेन्सरसहित अमेरिकामा पनि विस्तार हुने

Technology Khabar ४ चैत्र २०७७, बुधबार

अमेजफिटका स्मार्ट डिभाइस ईसीजी सेन्सरसहित अमेरिकामा पनि विस्तार हुने
Classic Tech

यसअघि हुआमीका नामले चिनिने जेप हेल्थले आफ्ना स्मार्ट ब्याण्ड र स्मार्टवाचहरुलाई अमेरिकामा पनि विस्तार गर्ने तयारी गरेको छ।

जेपका सीओओ माइक युङले हालै दिएको एउटा अन्तरवार्तामा स्मार्ट ब्याण्ड र स्मार्टवाचहरुसम्बन्धी केही अन्तरंग विवरणहरु सार्वजनिक गरेका छन्।

यसका लागि कम्पनीले हालैका डिभाइसहरुमा भएका भन्दा केही नयाँ र आकर्षक फिचरहरु थप्ने योजना बनाएको छ। यीमध्ये प्रमुख फिचरहरुमा ईसीजी तथा ब्लड प्रेसर मोनिटर गर्ने भरपर्दा सेन्सरहरु।

सीईओ युङले आफ्ना स्मार्ट डिभाइसहरुमा ईसीजी फिचर थप्न मेडिकल उपकरण बनाउने अलाइभकोर नामक उत्पादकसँग समन्वय गरिरहेको र अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएबाट इजाजत लिने काम पनि भैरहेको बताए।

यसबाहेक उनले कन्ट्याक्टलेस पेमेन्टको फिचरहरुमा समेत काम भइरहेको बताए। यी डिभाइसहरुमा कोभिड-१९ लाई लक्षित गर्दै सुगर लेभल अनुगनम गर्ने फिचरमा पनि विशेष काम भइरहेको बुझिएको छ।

सुगर लेभल अनुगनम गर्ने फिचरमा यसअघि बजारमा उपलब्ध फिटबिट, एप्पल तथा सामसङका स्मार्ट डिभाइसमा उपलब्ध रहेकाले प्रतिस्पर्धामा खरो उत्रनका लागि पनि यो फिचरमा विशेष जोड दिएको आकलन गर्न सकिन्छ।

 

TK Viber

प्रकाशित: ४ चैत्र २०७७, बुधबार

Loading...