ई-कमर्सको कारोबार एक महिनामै ९ करोड रुपैयाँले बढ्यो

Technology Khabar ४ चैत्र २०७७, बुधबार

ई-कमर्सको कारोबार एक महिनामै ९ करोड रुपैयाँले बढ्यो
Classic Tech

इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गइरहेका छन्।

ई-कमर्स प्लेटफर्मले दैनिक जीवनका लागि चाहिने खाद्य, तरकारी लगायत भान्छा, लुगाफाटो, औषधी, पुस्तक आदिजस्ता सबै प्रकारका वस्तुहरु घरमै उपलब्ध गराउने हुनाले पनि मानिसहरु यतातिर आकर्षित हुँदै गएका पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा फागुन महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या १ लाख २७ हजार २३३ रहेको पाइएको छ।

माघ महिनामा यो कारोबारको संख्या १ लाख २० हजार १३ रहेको थियो। यसरी हेर्दा माघभन्दा फागुन महिनामा ई-कमर्सको जम्मा कारोबार संख्या ७ हजार २२० ले बढी हो।

कारोबार संख्याबढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो। माघ महिनामा ई-कमर्समार्फत् ८४ करोड ३० लाख रुपैयाँको कारोबार भएकामा फागुनमा आएर यो रकम ९३ करोड २० लाख रुपैयाँ बराबर पुगेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा ई-कमर्समार्फत् भएको कारोबार रकममा ८ करोड ९० लाख रुपैयाँको वृद्धि भएको छ।

TK Viber

प्रकाशित: ४ चैत्र २०७७, बुधबार

Loading...