Technology Khabar ४ चैत्र २०७७, बुधबार
नेपालमा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार संख्या ९७ लाख हाराहारी पुगेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा फागुन महिनामा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार ९६ लाख ७२ हजार ४७८ पुगेको हो।
यो संख्या एक महिना अघि अर्थात् माघ महिनाको तुलनामा ९ लाख ९१ हजार १०९ ले बढी हो। माघ महिनासम्ममा यो संख्या ८६ लाख ८१ हजार ३६९ थियो।
फागुन महिनामा सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि बढेको छ।
माघ महिनामा मोबाइल बैंकिङमार्फत् ३३ अर्ब १५ करोड ३० लाख रुपैयाँको कारोबार भएकोमा फागुनमा यो रकम बढेर ३८ अर्ब ५९ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो रकम माघ महिनाको भन्दा ५ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढी हो।
प्रकाशित: ४ चैत्र २०७७, बुधबार