आइक्यास प्रालिलाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र

Technology Khabar ४ चैत्र २०७७, बुधबार

आइक्यास प्रालिलाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र प्रदान गरेको छ।

राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली २०७२ बमोजिम आइक्यास प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो।

नियामक राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अबको केही दिनमै आफ्नो सेवा सेवाग्राहीमाझ ल्याउने क्पनीले जानकारी दिएको छ।

डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपमा अगाडि बढाउने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाइसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाइमा पुर्याउने गरी काम भइरहेको भट्टराईले जानकारी दिए।

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार कम्पनीले सञ्चालन गर्ने आइक्यास मोबाइल एप र आइक्यासको वेब प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङको भुक्तानी, इकमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका सेवा लिन सकिन्छ।

easy care

प्रकाशित: ४ चैत्र २०७७, बुधबार