Technology Khabar ४ चैत्र २०७७, बुधबार
गत वर्ष आफ्नो स्मार्टवाच वाच फिटको घोषणा गरेको चिनियाँ टेक जायन्ट ह्वावेले ह्वावे वाच फिट एलिगेन्ट नाम दिएर त्यसको अपडेट बजारमा ल्याउने भएको छ।
यो स्मार्टवाचमा भएको स्टेनलेस स्टिलको फ्रेम र नरम स्ट्र्यापले यसलाई अघिल्लो भर्जनभन्दा फरक देखाएको छ।
यो एलिगेन्ट भर्जन फ्रस्टि व्हाइट र मिडनाइट ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुनेछ।
यसको स्ट्र्यापमा प्रयोग गरिएको कच्चा पदार्थ ह्वावेको अघिल्ले वाच फिटमा भएको साधारण सिलिकनभन्दा फरक छ। यो पहिलेको भन्दा बढी तापक्रम, ओस तथा चिल्लो खप्न सक्ने र बझ बढी तन्किन सक्ने खालको छ।
यो स्मार्टवाच एक साइडमा एउटा बटनसहित १.६४ इन्चको आयाताकार एमोलेड डिस्प्लेमा आउनेछ।
किरिन ए१ प्रोससरयुक्त यो डिभाइसमा अपरेटिङ सिस्टम भने ह्वावेको आफ्नै लाइट ओएस रहनेछ भने यसले १२ दिनको ब्याट्री ब्याकअप दिने कम्पनीको दावी छ।
यसमा बिल्ट इन जीपीएस, २४ घण्टै चल्ने हार्ट रेट मोनिटर तथा दिनभर नै काम गर्ने एसपीओ२ ट्र्याकर दिइएको छ। यसमा १२ ओटा एनिमेटेड वर्कआउट, ९६ ओटा वर्कआउट मोड, महिलाहरुको महिनावारी ट्र्याकर तथा निन्द्रा ट्र्याक गर्न कम्पनीको आफ्नै ट्रूस्लीप २.० सेन्सर लगाइएको छ।
प्रकाशित: ४ चैत्र २०७७, बुधबार