इन्स्टाग्रामले टीनएजरको सुरक्षाका लागि ल्यायो यस्तो फिचर

Technology Khabar ४ चैत्र २०७७, बुधबार

इन्स्टाग्रामले टीनएजरको सुरक्षाका लागि ल्यायो यस्तो फिचर

काठमाडौं ।

इन्स्टाग्रामले हालै किशोर किशोरीहरुको सुरक्षालाई ध्यानमा राख्दै एउटा नयाँ फिचर ल्याएको छ।

यस फिचरले वयष्क व्यक्तिहरुद्वारा अनावश्यक रुपमा आउने मेसेजहरु रोक्न किशोर किशोरीहरुलाई मद्दत गर्नेछ।

यो फिचरले सबै वयष्कहरुलाई सबै किशोर किशोरीलाई मेसेज गर्नबाट रोक्ने भने होइन। आफूले फलो गरेका र किशोर किशोरीबीच भने मेसेज हुन सक्नेछ। यो फिचर सर्च गर्दै अनावश्यक रुपमा मेसेज पठाउने अपरिचित तथा फलो नगरिएका वयष्कहरु तथा उनीहरुको हर्कतलाई रोक्नका लागि ल्याइएको हो।

 यसबाहेक यो फिचरले कुनै अपरिचित वा फलो नगरेका व्यक्तिले पठाएको मेसेजमा टीनएजर हरुलाई ‘यो मेसेजले केही अप्ठ्यारो महसुस भए जवाफ दिइराख्नु जरुरी छैन’ भन्ने सुझाव दिनेछ।

यो फिचरले एकाउन्ट बनाउँदा राखेको उमेरलाई हिसाब गर्ने भएकाले सही उमेर राखेका व्यक्तिहरुलाई मात्र सहयोगी हुनेछ।

तर कम्पनीले उमेर प्रमाणीकरणकोसमस्या सुल्झाउन नयाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स तथा मेशिन लर्निङ’ प्रणालीको विकास गरिरहेको जनाएको छ।

प्राइभेट एकाउन्ट

इन्स्टाग्रामका लागि न्यूनतम उमेर १३ वर्ष हुनुपर्छ। इन्स्टाग्रामले आफ्नो ब्लगमा लेखेको छ, ‘किशोर किशोरीले एकाउन्ट बनाउँदैमा ‘प्राइभेट’ मा क्लिक नगरे हामी प्राइभेट बनाउनुका फाइदाका बारेमा प्रकाश पार्दै सेटिङमा गएर मिलाउन नोटिफिकेशन पठाउँछाैं।

easy care

प्रकाशित: ४ चैत्र २०७७, बुधबार