प्रदेश ६ र ७ मा एडिएसएस फाईवर विस्तार गर्न सम्झौता

Technology Khabar ३ चैत्र २०७७, मंगलवार

प्रदेश ६ र ७ मा एडिएसएस फाईवर विस्तार गर्न सम्झौता

काठमाडौं ।

नेपाल टेलिकम र आरोग्य सिज्यान हाईवे जेभि लिङ्क बीच एडिएसएस फाईवर विस्तारका लागि सम्झौता भएको छ ।

आज टेलिकमको मुख्यालयमा भएको सम्झौता अन्तरगत नेेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडिएफ) को रकम परिचालन गरि सो अन्तर्गत प्रदेश ६ र ७ मा २७५ किमी एडिएसएस फाईवर विस्तारको काम गरिनेछ ।

यो सम्झौता एक वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी भएको छ ।

सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र आपूर्तिकर्ताका तर्फबाट रन्जन रायमाझीले हस्ताक्षर गरेका छन् ।

यसअघि नै आरटिडिएफ रकम परिचालन गरि ती प्रदेशहरूमा एडिएसएस फाईवर विस्तार गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण बीच सम्झौता भईसकेको छ ।

Sajilo Visa

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया