१ करोड ९० लाख रुपैयाँ पर्ने आईफोन १२ को ‘गोल्डफोन’ ल्याउँदै क्याभियर

Technology Khabar ३ चैत्र २०७७, मंगलवार

१ करोड ९० लाख रुपैयाँ पर्ने आईफोन १२ को ‘गोल्डफोन’ ल्याउँदै क्याभियर
Classic Tech

महंगा र विलासी सामानहरु बनाउने रुसी कम्पनी क्याभियरले आईफोन १२ तथा सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको गोल्डफोन भर्जन बनाउने भएको छ।

सन् २०११ मा आईफोन ४एसको गोल्ड भर्जन बनाएर सुरुवात गरेको कम्पनीले यसपछि थुप्रै आधुनिक र विलासी स्मार्टफोनहरु बनाउँदै आएको छ।

कम्पनीले अहिले भने आईफोन १२ तथा सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको स्पेसिफिकेशन भएका जम्मा ७ वटा गोल्डफोन बनाउने बताइएको छ।

यसमध्ये आईफोन १२ भर्जनको मूल्य १ लाख ५९ हजार डलर  अर्थात करिब १ करोड ९० लाख रुपैयाँ तथा सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा भर्जनको मूल्य १लाख ६९ हजार डलर रहनेछ।

यी स्मार्टफोनहरु १ हजार ग्राम २४ क्यारेट सुनले मोरिएका हुनेछन्। स्मार्टफोनमा प्रयोग हुने उक्त परिमाणको शुद्ध सुन २.२ पाउण्ड हुन आउँछ।

त्यति नै परिमाणको शुद्ध सुनमात्रै किन्दा यो मूल्यको एक तिहाई मात्रै पर्छ। तर बाहिर यो परिमाणको शुद्ध सुन र भित्र कम्तीमा आईफोन १२ वा सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा स्मार्टफोनको बण्डलिङ हुने भएकाले यसको मूल्य १५९,००० वा १६९,००० डलर पर्न गएको हो।

TK Viber

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

Loading...