अमेरिकामा बिटक्वाइन एटीएम बढ्दै, रेष्टुरेन्ट र पेट्रोल पम्प नजिकै पनि उपलब्ध

Technology Khabar ३ चैत्र २०७७, मंगलवार

अमेरिकामा  बिटक्वाइन एटीएम बढ्दै, रेष्टुरेन्ट र पेट्रोल पम्प नजिकै पनि उपलब्ध

काठमाडौं ।

अमेरिकाको क्यारोलाइना राज्यको मोन्टानामा रहेको पेट्रोल पम्पनजिक हालै बिटक्वाइन एटीएम सञ्चालनमा आएको छ। यस एटीएमबाट मानिसहरुले बिटक्वाइन किनबेच गर्न साथै पैसा निकाल्नसमेत सक्नेछन्।

बिटक्वाइनको मूल्य आकाशिँदै जाँदा यस्ता एटीएमहरु गएको वर्षदेखि यता अमेरिकाका थुप्रै ठाउँमा फैलिसकेका छन्।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्वाइन फ्लिप र क्वाइन क्लाउडजस्ता किओस्क सञ्चालकहरुले अन्य कम्पनी नपुगेका क्षेत्रमा यस्ता एटीएमहरु पुर्याइरहेका छन्।

यसै जनवरी महिनासम्माम अमेरिकाभरी २८ हजारभन्दा बढी बिटक्वाइन एटीएमहरु रहेका तथ्याङ्क छ। यीमध्ये १० हजारवटा पछिल्लो ५ महिनामा राखिएका बताइएको छ।

विविध कारणले गर्दा मानिसहरुले अनलाइन कारोबारको सट्टा यस्ता एटीएमहरु रुचाउने गरेको पाइएको छ।

कसैलाई रकममा भुक्तानी लिनुपर्छ, कसैको बैक खाता हुँदैन, कसैले घरमा रेमिटेन्स पठाउन चाहन्छन् त कसैले कारोबार गोप्य होस् भन्ने चाहन्छन्।

यीमध्ये केही एटीएमले बिटक्वाइनको काम मात्र गर्छन् भने केहीले अन्य थुप्रै डिजिटल करेन्सीमा लगानी गर्ने सुविधा दिन्छन्। अन्य केहीले त बिटक्वाइनको बदलामा नगद नै उपलब्ध गराउँछन्।

क्वाइन एटीएम राडारका अनुसार यस्ता एटीएमहरु अलास्का तथा वाशिङ्टन डीसीका सबै राज्यहरुमा उपलब्ध छन्। यसबाहेका नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, पेन्सल्भानियाका ग्रामीण क्षेत्र, न्यूयोर्क तथा न्यू जर्सीका काँठ क्षेत्रका रेष्टुरेन्ट तथा पेट्रोल पम्पलगायतका आसपास यस्ता एटीएम बुथहरु देखिन थालेका छन्।

easy care

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

ताजा समाचार