ड्रोन उडान गर्नका लागि नेपालमा जस्तै भारतमा पनि अनुमति लिनुपर्ने व्यवस्था लागू

Technology Khabar ३ चैत्र २०७७, मंगलवार

ड्रोन उडान गर्नका लागि नेपालमा जस्तै भारतमा पनि अनुमति लिनुपर्ने व्यवस्था लागू
Classic Tech

छिमेकी देश भारतले ड्रोन उडान गर्नका लागि नयाँ नियम ल्याएको छ । भारत सरकारले यसका लागि दिशानिर्देश जारी गरेको छ र यी नियमहरूको अनुसार यदि कसैले ड्रोन उडान गर्नुपरेमा नयाँ नियम पालना गर्नुपर्नेछ।

भारतले पनि नेपालको जस्तै किसिमले ड्रोन उडानको लागि अनुमति प्रकृया पालना गर्नुपर्ने नयाँ नियम ल्याएको हो । यसअघि भारतमा ड्रोन उडानको लागि कुनै स्पष्ट नियम थिएन् ।

नयाँ नियममा भारतीय नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) को अनुमति लिइसकेपछिमात्र त्यस्ता ड्रोनहरु, जसका वजन २५० ग्राम भन्दा बढी छ, रिमोट पाइलटद्धारा मात्र उडान गर्न सकिनेछ ।

बिगत दश महिनामा सुझावहरू लिएपछि नयाँ नियमहरू ल्याईएको बताईएको छ । यद्यपि ड्रोनको प्रयोग भारतमा सामान डेलिभरी गर्नका लागि भने अझै उपलब्ध हुने छैन। मानव रहित विमान प्रणाली नियम २०२० अन्तर्गत अनुसन्धान, परिक्षण, उत्पादन र व्यक्तिगत, व्यवसाय, र ड्रोनको प्रयोगको बारे निर्देशन जारी गरिएको छ।

नयाँ नियम अन्तर्गत, नानो क्याटगरीअन्तरगतका कुनै पनि ड्रोनलाई जसको वजन २५० ग्राम वा कम भए पनि अनुमति लिनुपर्नेछ। यद्यपि, नानो ड्रोनको अधिकतम गति १०० मिटर प्रति सेकेन्ड भन्दा अधिक छभने त्यसलाई अर्को श्रेणीमा राखिएको छ ।

भारतको ड्रोन सम्बन्धि नयाँ नियमअनुसार अब आयात र प्रयोगमा नयाँ नियम पालना गर्नुपर्ने र सो नगरेको खण्डमा कारबाही गरिने बताईएको छ । त्यसैगरि ड्रोन उडानका लागि रिमोट पाइलट तालिम लिएको हुनुपर्ने छ र त्यसो नभई उडाएमा समेत कारबाही हुने बताएको छ ।

नेपालमा भने कुनैपनि प्रकारका ड्रोन उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसहित सम्बन्धित निकायहरुबाट स्वीकृती लिनुपर्ने व्यवस्था निकै अघिदेखि लागू रहेको छ।

TK Viber

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

Loading...