के हो इन्कग्निटो मोड? के का लागि प्रयोग गर्ने?

Technology Khabar ३ चैत्र २०७७, मंगलवार

के हो इन्कग्निटो मोड? के का लागि प्रयोग गर्ने?

काठमाडौं ।

इन्कग्निटो मोड वेबसाइट ब्राउज सम्बन्धी शब्दावली हो। यो सामान्य ब्राउजिङभन्दा अलिक फरक छ। त्यसैले यसलाई बुझ्नका लागि हामीले इन्टरनेटमा गर्ने सामान्य ब्राउजिङले कसरी काम गर्छ भन्ने बुझ्नु जरुरी हुन्छ।

जब हामीले कुनै गुगल, याहु जस्ता सर्च इन्जिनमा कुनै कुरा सर्च गर्छाैं तब हाम्रो कम्प्युटर वा मोबाइलमा रहेका ब्राउजरले सबै गतिविधि रेकर्ड गर्छ।

यदि ब्राउजिङ हिस्ट्री डिलिट नगर्ने हो भने जोसुकैले हामीले सर्च गरेर हेरेका सामग्रीहरुको लिंक भेटेर फेरि खोल्न सक्छ। यसको डाटा सम्बन्धित सर्भरमा सेभ भएर बसेको हुन्छ। यसलाई कुकिज सेभ भएको भनेर बुझिन्छ।

तर इन्कग्निटो मोड भने यो भन्दा केही फरक हुन्छ। यो खालको फिचर सबैभन्दा पहिले सन् २०१५ मा एप्पलले सफारी ब्राउजरका लागि ल्याएको थियो। त्यसपछि अरु ब्राउजरहरुमा पनि यो उपलब्ध हुन थालेको हो।

यसलाई प्राइभेसी मोड, सेफ मोड वा प्राइभेसी ब्राउजिङ पनि भनिन्छ। यसमा तपाईँले सर्च गरेको हिस्ट्री वा कुकिज सेभ हुँदैन।

हामीले विण्डो बन्द गर्नेबित्तिकै सर्च गरेका सबै हिस्ट्री आफैं डिलिट हुन्छ।

के छन् यसका फाइदा?

१. व्यक्तिगत विवरण चोरी हुनबाट जोगाउन सकिन्छ

जब हामी कुनै साइटमा आफ्नो एकाउन्ट खोल्छैं तब हामीले राखेका सबै विवरण सर्भरमा सेभ हुन्छ तर इन्कग्निटो मोडमा भने हाम्रा यस्ता विवरणहरु चोरी हुनबाट बचाउन सकिन्छ।

२. लगइन विवरण लुकाउन सकिन्छ

यदि हामीले आफ्नो कुनै व्यक्तिगत काम अरु कसैको कम्प्युटरमा गर्नुपर्यो भने इन्कग्निटो मोडमा चलाउनु बुद्धिमानी हुन्छ। यसो गर्दा हाम्रा लगइन लगायतका व्यक्तिगत विवरणहरु सुरक्षित हुन्छ।

३. सर्च हिस्ट्री लुकाउन सकिन्छ

यदि तपाईँ आफूले ब्राउज गरेका हिस्ट्री अरुले थाहा नपाओस् भन्ने लाग्छ भने इन्कग्निटो मोडमा ब्राउज गर्नु पर्छ।

४. वेबसाइट परीक्षण गर्न सकिन्छ

यो फिचर वेबसाइट डेभलपरहरुका लागि ज्यादै लाभदायक हुन सक्छ। डेभलपरहरुले क्याश फाइलहरु क्लियर नगरी ब्राउजरमात्र रिफ्रेश गरेर आफूले गरेका परिवर्तनहरु थाहा पाउन सक्छन्।

५. ट्र्याक हुनबाट बच्न सकिन्छ

हामीले वेब ब्राउजरमा कुनै सर्च गर्दा ब्राउजरको सर्भरले हाम्रो हिस्ट्री ट्र्याक गरिरहेको हुन्छ। तर इन्कग्निटो मोडमा चलाउँदा हाम्रा लगइन डिटेल, सर्च हिस्ट्री, फर्म विवरण हिस्ट्री, कुकिज फाइल आदि कुनै विवरण सेभ नहुने भएकाले हामी ट्र्याक हुनबाट जोगिन सक्छाैं।

 

 

 

 

easy care

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

ताजा समाचार