वाइल्डफायर सिरिज ब्युँताउँदै एचटीसी, क्वाड क्यामरासहितको वाइल्डफायर ई३ सार्वजनिक

Technology Khabar २ चैत्र २०७७, सोमबार

वाइल्डफायर सिरिज ब्युँताउँदै एचटीसी, क्वाड क्यामरासहितको वाइल्डफायर ई३ सार्वजनिक
Classic Tech

ताइवानी मोबाइल फोन उत्पादक कम्पनी एचटीसीले आफ्नो चर्चित वाइल्डफायर सिरिजलाई पुन: बजारमा ल्याएको छ।

कम्पनीले हालै एचटीसी वाइल्डफायर ई३ नाम गरेको इन्ट्री लेभल स्मार्टफोन बजारमा ल्याएको हो।

वाइल्डफायर ई३ मा मिडियाटेकको हिलियो पी२२ अक्टाकोर प्रोसेसर रहेको छ भने यो ३ र ४ जीबी र्याम तथा ६४ र १२८ जीबी स्टोरेजका गरी दुई भर्जनमा उपलब्ध छन्।

यो स्मार्टफोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम दिइएको छ।

त्यस्तै यसमा ६.५ इन्च एचडी रेजोल्युशनको एलसीडी डिस्प्ले रहेको छ भने फिंगरप्रिन्ट स्क्यानर भने पछाडिपट्टि दिइएको छ।

यसबाहेक यसको पछाडिपट्टि १३ मेगापिक्सेलको मुख्य क्यामरा सहित क्वाड क्यामरा सेटअप रहेको छ। सेल्फीका लागि पनि १३ मेगापिक्सेलकै क्यामरा दिइएको छ।

यसमा ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ भने चार्ज गर्नका लागि यूएसबी सी पोर्ट दिइएको छ। यसलाई कम्पनीले नीलो र कालो दुई रंगमा उपलब्ध गराएको छ।

TK Viber

प्रकाशित: २ चैत्र २०७७, सोमबार

Loading...