डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालनमा

Technology Khabar २ चैत्र २०७७, सोमबार

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालनमा
Classic Tech

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे संचालन गरेको छ ।

कार्यक्रम कमेडी शो २०७७ फागुन २२ गते देखी डिशहोमको रियालिटी टिभी च्यानल नम्बर १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तिहरुलाई प्राँक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन्।

हाँस्य टेलिश्रृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनेर फोन उठाउने ब्यतिलाई प्राँक गर्छन ।

यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ।

TK Viber

प्रकाशित: २ चैत्र २०७७, सोमबार

Loading...