गुगल प्लेस्टोरमा भएका ८ खतरनाक एपहरु, कतै तपाईँको फोनमा त छैनन्?

Technology Khabar २ चैत्र २०७७, सोमबार

गुगल प्लेस्टोरमा भएका ८ खतरनाक एपहरु, कतै तपाईँको फोनमा त छैनन्?
Global IME Bank

काठमाडौं ।

अनुसन्धानकर्ताहरुले हालै गुगलको प्लेस्टेरमा रहेका केही एप्लिकेशनहरुलाई लिएर एन्ड्रोइड प्रयोगकर्ताहरुलाई  गम्भीर चेतावनी दिएका छन्।

उनीहरुले केही नसोची यस्ता एपहरु इन्स्टल गर्नु हानिकारक पनि हुन सक्ने बताएका छन्। गुगल प्लेस्टोरमा रहेका यस्ता एपहरु विशेष गरी बैंकिङ कारोबारसँग सम्बन्धित भएङ्को र बेलैमा सावधानी नअपनाए आफ्ना सबै बैंकिङ विवरण र कारोबारको अधिकार ह्याकरहरुले प्रयोग गर्नसक्ने बताइएको छ।

ती खतरनाक एपहरु तल दिइएका बमोजिम भएको र जानेर वा नजानेर यदि यस्ता एपहरु इन्स्ल गरिएङ्को छ भने तिनीहरुलाई तत्कालै हटाउनु उपयुक्त हुने अनुसन्धानकर्ताहरुको सुझाव छ।

१. केक भीपीएन Cake VPN (com.lazycoder.cakevpns)
२ प्यासिफिक भीपीएन Pacific VPN (com.protectvpn.freeapp)
३. ईभीपीएन eVPN (com.abcd.evpnfree)
४. बिट प्लेयरBeatPlayer (com.crrl.beatplayers)
५. क्यूआर/ बारकोड स्क्यानर म्याक्स QR/Barcode Scanner MAX (com.bezrukd.qrcodebarcode)
६. म्युजिक प्लेयर Music Player (com.revosleap.samplemusicplayers)
७. टूलटिपनेटरलाइब्रेरी tooltipnatorlibrary (com.mistergrizzlys.docscanpro)
८. क्यूरिकर्डर QRecorder (com.record.callvoicerecorder)

गुगल प्ले प्रोटेक्टले पनि पत्ता लगाउन सकेन मेलवेयर ड्रपर

चेकप्वाइन्ट रिसर्चले आफ्नो रिपोर्टमा क्लास्ट ८२ नाम गरेको मेलवेयरका बारेमा लेखेको छ। उक्त मेलवेयर ड्रपर गुगल प्लेमा रहेका यी तल उल्लिखित ८ एपमार्फत फैलाइने गरेको पाइएको छ।

कति खतरनाक छ यो मेलवेयर ड्रपर?

यसले एउटा एलिएनबट बैंकर इन्स्टल गर्छ। यसमार्फत ह्याकरले विभिन्न वैध बैकिङ तथा वित्तीय एपहरुमा फेक कोड राख्न सहयोग गर्छ।

यो मेलवेयर ड्रपर क्लास्ट ८२ ले प्रयोगकर्ताको फोनमा एमआरएटी नामक प्रणालीलाई पनि इन्स्टल गर्छ जसले प्रयोगकर्तको मोबाइल डिभाइस प्रयोगको अधिकार तेस्रो पक्षलाई दिन्छ।

यी दुवै प्रोग्रामले ह्याकरहरुलाई प्रगोगकर्ताको डिभाइसमा रहेका बैकिङ एपहरुलाई कन्ट्रोल गरेर महत्पूर्ण बवत्तीय विवरण हात पार्न सघाउ पुर्याउँछन्।

ती अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘ डिभाइसलाई आफ्नो नियन्त्रणमा लिएपछि ह्याकरहरुले परबाट नै फोनका अन्य फङ्शनशरुलाई पनि नियन्त्रण गर्न सक्छन्। उनीहरुले यसका लागि कुनै नयाँ एप इन्सटल गर्छन् भने टिम भ्यूअरका माध्यमबाट पनि डिभाइसलाई नियन्त्रण गर्न सक्छन्।’

यिनीहरुबाट सुरक्षाका लागि यसो गर्नुहोस्

सेटिङमा गएर एप्लिकेशनमा स्क्रोल गर्नुहोस्। यदि तपाईको डिभाइसमा यीमध्ये कुनै एप रहेछन् भने त्यसलाई अनइन्सटल गर्नुहोस्। यसबाहेक तपाईँका बैंकिङ कारोबारसम्बन्धी तथा अन्य सम्वेदनशील पासवर्ड हरु परिवर्तन गर्नुहोस्।

 

 

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ चैत्र २०७७, सोमबार

ताजा समाचार