यस वर्ष स्मार्टफोनको बिक्री सन् २०२० को भन्दा साढे ५ प्रतिशतले बढ्ने

Technology Khabar २ चैत्र २०७७, सोमबार

यस वर्ष स्मार्टफोनको बिक्री सन् २०२० को भन्दा साढे ५ प्रतिशतले बढ्ने

काठमाडौं ।

कोरोना महामारीका बेला अन्य व्यवसायलाई जस्तै स्मार्टफोन उद्योगलाई पनि धेरै समस्या परेको थियो। तर जसै विश्वमा महामारी घट्दै जाँदा यो व्यवसायमामा राम्रै वृद्धि हुँदै गएको छ।

इन्टरनेशनल डाटा कर्पोरेशन आईडीसीको रिपोर्ट अनुसार यस वर्ष स्मार्टफोनको विश्वव्यापी शिपमेन्ट ५.५ प्रतिशतले वृद्धि हुने आकलन गरिएको छ। यो वृद्धि पहिलो त्रैमासमा १३.९ प्रतिशत हुनेछ।

आईडीसीका अनुसार विश्वमा फाइभजी फोनको माग अत्यधिक रहेकाले पनि स्मार्टफोन बिक्रीमा बढोत्तरी भएको हो। रिपोर्टमा २०२१ मा बिक्री हुनेमध्ये ४० प्रतिशत स्मार्टफोन फाइभजी भर्जन हुने बताइएको छ। एप्पलको चर्चित आईफोन १२ सिरिज पनि फाइभजी इनेबल्ड भएकाले धेरै थान बिक्री भएको थियो।

२०२५ सम्म समग्र वार्षिक वृद्धि दर ३.६ प्रतिशत हुने

आईडीसीको पूर्वानुमान अनुसार स्मार्टफोनको कम्पाउण्ड वार्षिक वृद्धि दर सन् २०२० देखि २०२५ सम्ममा ३.६ प्रतिशत हुने आकलन गरिएको छ।

आधिकारिक उपकरण निर्माताहरु महामारी कालका लागि पनि तैयार

कच्चा पदार्थको आपूर्ति संयन्त्र सप्लाइ चेन तथा आधिकारिक उपकरण निर्माताहरु भविष्यमा हुनसक्ने कोरोना महामारी र लकडाउनका लागि पनि पूर्ण रुपमा तयार रहेका छन्।

अनलाइन प्लेटफर्मबाट हुने बिक्री सन् २०२० मा ३० प्रतिशत पुगेको थियो। यसअघि सन् २०१९ मा २२ प्रतिशत रहेको थियो।

चिनियाँ र अमेरिकी कम्पनीको बजार बढ्नेछ

यस वर्ष चिनियाँ कम्पनीका ६ प्रतिशत र अमेरिकी कम्पनीका स्मार्टफोनको बजार ३.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। दुवै देशका कम्पनीहरुमा फाइभजी फोनहरुमा बढी कसरत भइरहेको छ। यसै क्रममा एप्पलको आईफोन १२ पनि फाइभजी कनेक्टिभिटी भएकै कारण यसको बिक्री बढ्ने अपेक्षा गरिएको छ।

आईडीसीले यस वर्ष विश्वभरमा फाइभजी बिक्रीको मात्रा ४० प्रतिशतसम्म पुग्ने आकलन गरेको छ। यो अनुपात सन् २०२५ सम्ममा बढेर ६९ प्रतशतसम्म पुग्ने अनुमान गरिएको छ।

यसबाहेक एन्ड्रोइड स्पेशमा व्यापक प्रतिस्पर्धा चलिहरहेकाले सन् २०२५ सम्म फाइभजी स्मार्टफोनको औ‍सत बिक्री मूल्य ४०४ डलरसम्म हुने आकलन गरिएको छ।

 

 

 

easy care

प्रकाशित: २ चैत्र २०७७, सोमबार