डाटा संकलनको आरोपमा गुगलले ५ अर्ब डलरको कानूनी मुद्धा भोग्नुपर्ने अदालतको ठहर

Technology Khabar २ चैत्र २०७७, सोमबार

डाटा संकलनको आरोपमा गुगलले ५ अर्ब डलरको कानूनी मुद्धा भोग्नुपर्ने अदालतको ठहर

काठमाडौं ।

गुगललाई गोपनियता भंग गरेको र डाटा चोरीको आरोपमा ५ अर्ब डलर भन्दा बढिको जरिवाना हुनसक्ने देखिएकोछ।

ब्राउजरको प्राइभेट इन्कग्निटो मोडमा ब्राउज गर्दा पनि इन्टरनेट गतिविधिमा प्रयोगकर्ताहरूको डाटा संकलन गर्ने आरोप लागेको एक अभियोग खारेज गराउन कम्पनी असफल भएको छ।

गएको जुनमा दायर गरिएको मुद्दामा आरोप लगाइएको छ कि जब मानिसहरूले क्रोमको इन्कग्निटो मोड र अन्य निजी वेब ब्राउजर मोडहरू प्रयोग गर्दछन् गुगलले ‘रोक्ने, ट्र्याक गर्ने, र संचार संकलन गर्न’ जारी राख्दै वायरट्यापिङ्ग र गोपनीयता कानूनको उल्लंघन गरेको छ।

अमेरिकाका एक संघीय न्यायाधीशले शुक्रबार प्राविधिक जायन्टको मुद्दा खारेजको अनुरोधलाई खारेज गरे जसले क्लास एक्सन स्टाटस माग गर्दछ ।

‘अदालतले निष्कर्ष निकाल्यो कि प्रयोगकर्ता निजी ब्राउजिङ्ग मोडमा भएको बेलामा पनि गुगलले प्रयोगकर्ताहरुलाई सूचित नगरिकन नै गुगल कथित डाटा संकलनमा संलग्न भएको छ,’ क्यालिफोर्नियाको सान जोसेमा अमेरिकी जिल्ला न्यायाधीश लुसी कोहले आफ्नो निर्णयमा लेखे।

गुगलले गत वर्ष यसले तेस्रोपक्षिय कुकिजहरु हटाउने बताएको थियो जसमा व्यक्तिको वेबसाइटहरुमा व्यक्तिगत ब्राउजिङ्ग ट्र्याक गर्छ र तिनीहरूको गतिविधिमा आधारित हुँदै लक्षित विज्ञापन गर्दछ।

गुगल र यसको मूल कम्पनी अल्फाबेटबाट कम्तिमा ५ अर्ब डलर जरिवाना हुनेगरि मुद्दामा आरोप लगाइएको छ कि कम्पनीले गोप्य रूपमा गुगल एनालिटिक्स, गुगल विज्ञापन प्रबन्धक, वेबसाइट प्लगइनहरू र मोबाइल एपहरू सहित अन्य एप्स मार्फत डाटा संकलन गर्दछ। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २ चैत्र २०७७, सोमबार

ताजा समाचार