क्यान इन्फोटेक २०२१ बैशाख २८ गतेदेखि आयोजना हुने

Technology Khabar २ चैत्र २०७७, सोमबार

क्यान इन्फोटेक २०२१ बैशाख २८ गतेदेखि आयोजना हुने

काठमाडौं ।

क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिने क्यान इन्फोटेक यस पहिलो पटक बैशाखमा हुन लागेको हो ।

२७औं संस्करणको रुपमा आयोजना हुन लागेको आउँदो इन्फोटेक कोभिड-१९ को कारण केहि महिना पछाडी आयोजना हुन लागेको हो । प्रत्येक वर्ष माघ फागुन महिनामा आयोजना हुने क्यान इन्फोटेक कोभिड १९ ले गर्दा हुन नसकेपछि महासंघले आगामी वैशाखमा गर्न लागेको हो ।

विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष २०२१ मा भने कोविड-१९ का कारण गत वर्ष भन्दा करीब ३ महिना ढिला गरी आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको छ।

नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।

इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका विभिन्न नविनतम उत्पादन तथा सेवाहरु प्रदर्शनीमा रहनेछन्।

यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य हुने बताईएको छ।

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने आयोकको भनाई छ ।

easy care

प्रकाशित: २ चैत्र २०७७, सोमबार