वेयर ओएस अपडेट गर्दै गुगल

Technology Khabar १ चैत्र २०७७, आईतवार

वेयर ओएस अपडेट गर्दै गुगल
Classic Tech

गुगलको एन्ड्रोइड डेभलपरहरुले चलाउने ब्लगमा कम्पनीका एक एन्ड्रोइड डेभलपर रिलेसन्स इन्जिनीयरले वेयर ओएसका लागि जेटप्याक टाइल लाइब्रेरीको घोषणा गरेका छन्।

टाइल्स लाइब्रेरी घोषणाका हिसाबले डेभलपरहरुले तेस्रो पक्षका एपहरु पनि आफ्ना स्मार्टवाचलगायतका डिभाइसले सपोर्ट गर्ने बनाउन लागेको बुझिन्छ।

टाइल्स एक प्रकारका विजेट स्क्रीन हुन् जसलाई वाच फेसको दायाँतिर स्वाइप गरेर एक्सेस गर्न सकिन्छ।

उनहरुले सार्वजनिक गरेको टाइलहरुमा माैसम, स्वास्थ्य, मुटुको धड्कनका जानकारी आदिजस्ता फिचर देख्न सकिन्छ। हालसम्म गुगलले बनाएका वा वाचको आधिकारिक उत्पादकले बनाएका टाइलहरु मात्र प्रयोगकर्ताले उपयोग गर्न सक्दथे।

हाल जेटप्याक टाइल्स लाइब्रेरी अल्फा फेजमै भए पनि डेभलपरहरुलाई वेयर ओएसका लागि कस्टम टाइल विकास गर्न सहज नै हुने बताइएको छ।

यी टाइलहरु यसै वसन्त ऋतुदेखि प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ। ब्लगका अनुसार यी कस्टम टाइलहरु गुगलले आफ्नो वेयर ओएस प्लेटफर्मको अपडेट खुलाएपछि प्रयोग गर्न सकिनेछ।

सामसङले वेयरओएसमा आधारित नयाँ स्मार्टवाचमा काम गरिरहेको जानकारी बाहिर आएको छ।

TK Viber

प्रकाशित: १ चैत्र २०७७, आईतवार

Loading...