नोकियाद्वारा अप्रिल ८ मा विशेष इभेन्टको घोषणा, नयाँ उत्पादन सार्वजनिक हुन सक्ने

Technology Khabar १ चैत्र २०७७, आईतवार

नोकियाद्वारा अप्रिल ८ मा विशेष इभेन्टको घोषणा, नयाँ उत्पादन सार्वजनिक हुन सक्ने

काठमाडौं ।

नोकियाले आउँदो अप्रिल ८ तारिखका दिन नयाँ उत्पादन बजारमा ल्याउने ब्यहोराको पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरमा कुन उत्पादन आउँदैछ भन्ने जानकारी दिइएको छैन। टिजर विज्ञापन जस्तो पोस्टरमा एक जना पुरुष जंगलतिर फर्किएको देखाइएको छ भने सार्वजनिक हुने मिति याद गर्न अपिल गरिएको छ र पुछारमा ‘एचएमडी  द होम अफ नोकिया फोन्स’ लेखिएको छ।

पोस्टरमा उक्त इभेन्टको थिम ‘लभ ट्रस्ट कीप’ राखिएको छ।

इभेन्टमा कम्पनीले थुप्रै डिभाइसहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

नोकियाको जी१० मोबाइललाई यसअघि नै मलेसियाले अनुमोदन गरिसकेको छ। यसमा ६.४ इन्चको स्क्रीन तथा पछाडिपट्टि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेट अफ रहनेछ। यसबाहेक यस फोनका अन्य स्पेसिफिकेशन नोकिया ५.४ सँग मिल्दोजुल्दो रहेका छन्।

Global Bank
easy care

प्रकाशित: १ चैत्र २०७७, आईतवार

ताजा समाचार