पहिलो स्मार्टवाच सार्वजनिक गर्दै वनप्लस, आउला त नेपालमा?

Technology Khabar १ चैत्र २०७७, आईतवार

पहिलो स्मार्टवाच सार्वजनिक गर्दै वनप्लस, आउला त नेपालमा?

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आउँदो मार्च २३ तारिखका दिन ९ सिरिजको स्मार्टफोनसहित वनप्लस वाच पनि सार्वजनिक गर्ने तयारीमा जुटेको छ।

वनप्लसको स्मार्टवाच धेरै समयदेखि प्रतीक्षा गरिएकाले कम्पनीको यो घोषणालाई महत्वपूर्ण रुपमा हेरिएको छ।

कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा एउटा पोस्ट गर्दै आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक हुने मिति घोषणा गरेको हो।

कम्पनीले निकालेको टिजर विज्ञापनमा वनप्लसका फ्यानहरुद्वारा वनप्लसको स्मार्टफोनका बारेम गएका वर्षहरुमा सोधिएका प्रश्नहरु समावेश गरिएका छन्।

कम्पनीका सीईओ पेट लिउले सन् २०२० को डिसेम्बरमा वानप्लस वाचको काम भइरहेको र २०२१ को सुरुवातमा यसलाई सार्वजनिक गरिने बताएका थिए।

गुगल वेयरओएसको सम्भावना

वनप्लस वाचको बारेमा धेरै विवरण बाहिर नआए पनि यसमा अपरेटिङ सिस्टमका रुपमा गुगलको वेअरओएस प्रयोग भएको हुन सक्ने आकलन गरिएको छ।

गत वर्ष सीईओ लाउले स्मार्टवाचको अपरेटिङ सिस्टममा सुधार गर्नका लागि कम्पनीले गुगलसँग काम गरिरहेको बताएका थिए।

दुई ओटा मोडल आउन सक्ने

बाहिर आएका जानकारीहरुका अनुसार कम्पनीले आफ्नो वनप्लस वाच दुई मोडलमा सार्वजनिक गर्न सक्नेछ। दुईमध्ये एउटामा वाइफाइ तथा अर्कोमा एलटीई कनेक्टिभिटी रहने आकलन गरिएको छ।

दुई मोडलहरुलाई दुई अलग अलग डिजाइन दिन सकिने बताइएको छ। यीमध्ये एउटा आयताकार र अर्को गोलाकार हुन सक्नेछ।

यी दुवै मोडल भारतमा सार्वजनवक हुनसक्ने बताइए पनि कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।

नेपालमा पनि पछिल्लो समय स्मार्ट हेल्थ ट्र्याकर लगायत स्मार्टवाच जस्ता डिभाइसमा प्रयोगकर्ताहरुको रुची बढ्न थालेको छ। यस्तोमा वनप्लस वाच नेपालमा आउला या नआउला भन्ने चासोको विषय रहेको छ।

easy care

प्रकाशित: १ चैत्र २०७७, आईतवार

ताजा समाचार