बंगलादेशमा १८०० र २१०० मेगाहर्ज ब्याण्डको स्पेक्ट्रम लिलामीमा ३० अर्ब टाका उठ्यो

Technology Khabar १ चैत्र २०७७, आईतवार

बंगलादेशमा १८०० र २१०० मेगाहर्ज ब्याण्डको स्पेक्ट्रम लिलामीमा ३० अर्ब टाका उठ्यो

काठमाडौं ।

बंगलादेशमा हालै गरिएको स्पेक्ट्रम लिलामीले सबै अघिल्ला रेकर्डहरू तोडेको छ । बंगलादेशका दुई प्रमुख बजार खेलाडीहरू स्पेक्ट्रम  ब्लकको लागि ८१ औं राउन्डसम्म बोलपत्रमा बसेका थिए।

टेलिकम रेगुलेटर बंगलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले गएको सोमबार १८०० मेगाहर्जमा ९ ब्लक र २१०० मेगाहर्जमा चार ब्लकको लिलामी गरेको थियो।

ग्रामीनफोन, रोबी, बंगलालिंक र टेलिटक प्रत्येकले स्पेक्ट्रम सुरक्षित गरेका थिए । टेलिटकले लिलामीमा भाग लिएपनि अतिरिक्त स्पेक्ट्रम लिन असफल भएको थियो ।

बोलपत्रमा भएको प्रतिस्पर्धाले बीटीआरसीका लागी ८८८ मिलियन अमेरिकी डलर वा अनुमानित ७५ अर्ब बंगलादेशी टाकाको आय ल्याएको छ जुन नियामकले गरेको लिलामीमा हालसम्मै सबैभन्दा बढी हो।

यद्यपि मोबाइल अपरेटरहरूले २०२७ सम्ममा मूल्य अभिवृद्धि करसहित कुल लिलामी मूल्यको ३० अर्ब टाका वा २५ प्रतिशत तिर्नुपर्ने द फाइनान्सियल एक्सप्रेसले रिपोर्टमा उल्लेख गरेको छ।

सबैभन्दा ठूलो अपरेटर ग्रामीन फोनले दुबै ब्यान्डमा १०.४ मेगाहर्ज खरिद गरेको छ भने बंगलालिंकले ९.४ मेगाहर्ज र रोबीले ७.६ मेगाहर्ट्ज किनेको छ। यो स्पेक्ट्रम आगामी १५ वर्षसम्मका लागि हुनेछ ।

२१०० मेगाहर्जको अन्तिम ब्लकको लागि बोली २९ मिलियन डलरबाट शुरू भयो र सबै रेकर्डहरू तोडेर ४६.७५ मिलियन डलरमा समाप्त भएको थियो।

स्पेक्ट्रम लिलामी विश्वव्यापी सरकारहरूको लागि एक प्रमुख राजस्व स्रोतको रूपमा देखिन्छ।

टेलिकम अपरेटरहरूले सेवाहरू सुधार गर्न र थ्रीजी, फोरजी र फाइभजी नेटवर्कको प्रतिस्पर्धामा प्रतिस्पर्धी रहनको लागि एयरवेभको हाइ फ्रिक्वेन्सीको लागि उत्साहित हुन्छन्।

सो स्पेक्ट्रम लिलामीमा चार सेलफोन क्यारियरहरु सहभागी भएका थिए।

सो कार्यक्रममा टेलिकम मन्त्री मुस्तफा जब्बर, बीटीआरसीका अध्यक्ष श्याम सुन्दर सिकदार र अपरेटरका कार्यकारी अधिकारीहरू उपस्थित थिए।

यदि अपरेटरले १८००मेगाहर्ट्ज ब्यान्ड बिक्रीमा सहभागी नभएपनि २१०० मेगाहर्ट्ज ब्यान्ड लिलामीमा भाग लिनको लागि अनुमति दिइएको थियो ।

यसअघि बीटीआरसीले २०१८ मा फोरजी सेवाहरू सुरूवात हुन अघि स्पेक्ट्रम लिलामी गरेको थियो । सो समयमा ११ ब्लकमा ४६.४ मेगाहर्ज स्पेक्ट्रम लिलाम भएको थियो।

बीटीआरसीका अनुसार ९०० मेगाहर्ज २ जी ब्यान्डमा ८.४ मेगाहर्ज स्पेक्ट्रम, १८००मेगाहर्ज ब्यान्डको १२.४ मेगाहर्ट्ज र २१०० मेगाहर्ज ३जी ब्यान्डको २० मेगाहर्ज अझै बाँकी रहेको छ ।

Global Bank
easy care

प्रकाशित: १ चैत्र २०७७, आईतवार

ताजा समाचार