Technology Khabar १ चैत्र २०७७, आईतवार
केहि समयअघि विश्वभर भेर्काडा कम्पनीका सर्भिलेन्स क्यामराहरु ह्याक भएका थिए । १ लाख ५० हजार भन्दा धेरै सिसि क्यामराहरुको कमजोरी सार्वजनिक गर्ने २१ वर्षे ह्याकर पक्राउ परेका छन् ।
२१ बर्षे ह्याकर टिलि कोट्टम्यानलाई स्विस अधिकारीहरुद्वारा पक्राउ गरिएको छ र उपकरणहरु जफत गरिएको छ । भेर्काडा कम्पनीको क्यामराबाट स्कूलहरु, जेलहरु, अस्पतालहरु, पुलिस स्टेशनहरु र टेस्ला कारखानाको भित्री भागहरु देख्न सकिने किसिमको कमजोर सूरक्षा प्रणाली रहेको बताईएको छ।
ब्लूमबर्गका अनुसार यो रेडमा भेर्काडासँग कुनै सरोकार छैन, बरु ‘गत वर्ष भएको कथित ह्याक’ सँग सम्बन्धित रहेको बताएको छ ।
यसअघि उनले इन्टेलका कयौं सोर्स कोड र डकुमेन्टहरु ह्याक गरेर सार्वजनिक गरिदिएका थिए । संभवत यहि विषयमा प्रहरीले उनलाई पक्राउ गरेको अनुमान गरिएको छ । एजेन्सीका साथ
प्रकाशित: १ चैत्र २०७७, आईतवार