आईओएस १५ को तयारी गर्दै एप्पल, के के हुनेछन् विशेषता?

Technology Khabar १ चैत्र २०७७, आईतवार

आईओएस १५ को तयारी गर्दै एप्पल, के के हुनेछन् विशेषता?
Classic Tech

अमेरिकी स्मार्ट डिभाइस कम्पनी एप्पलले छिट्टै नै आईओएस १५ सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ।

एप्पलको अपरेटिङ सिस्टममा हुने यो नयाँ अपडेट कम्पनीले वर्षैपिच्छे गर्दै आएको वर्ल्डवाइड डेभलपर कन्फरेन्स को २०२१ संस्करणमा सार्वजनिक हुने आकलन गर्न सकिन्छ।

अघिल्लो वर्षमा जस्तै यसपाला पनि कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नयाँ अपरेटिङ सिस्टमलगायत कम्पनीले ल्याउँदै गरेका डिभाइसहरुको जानकारी गराइन सक्छ।

नयाँ आउने ओएस केही नयाँ फिचर तथा आईओएस १४ मा रहेका समस्याहरुमा सुधार गरिएको अवस्थाको प्याकेज हुने बुझिएको छ।

कार्यक्रममा एप्पलले यी फिचरहरुका बारेमा जानकारी दिनुका साथै केही निश्चित प्रयोगकर्ताका लागि डेभलपर बिटा भर्जन पनि जारी गर्न सक्नेछ।

अब आउने अपरेटिङ सिस्टमले युजर इन्टरफेसमा परिवर्तन नगरी पहिले नै भएको युजर इन्टरफेसलाई अझ सशक्त बनाउने छ।

के के छन् विशेषता ?

इन्टरएक्टिभ विजेट

आईओएस १४ मा एप्पलले आफ्नै विजेटहरु ल्याएको थियो। तर यी विजेटहरुको उपयोगिता शर्टकटहरु हेर्नेमा मात्र सीमित छ। कम्पनीले यी विजेटहरुका उ उपयोगिता बढाउन थुप्रै काम गर्नुपर्ने देखिन्छ।

आईओएस १५ मा भने प्रयोगकर्ताले अन्तरक्रिया गर्न सक्ने खालका इन्टरएक्टिभ विजेटहरु दिइने अपेक्षा गरिएको छ। उदाहरणका लागि यस्ता विजेटहरुमार्फत् भोल्युम कन्ट्रोल लगायतका काम गर्न सकियोस्।

यस बाहेक विजेटका साइज पनि ठूलो सानो र मझ्योला गरी तीन प्रकारको हुन सक्नेछ।

 एप्लिकेशन कस्टमाइजेशन

आईओएस १५ मा एप्पलले पहिले नै भएका एपहरुमा कस्ट गर्न सकिने बनाउनेछ।

अहिले चलिरहेको आईओएस १४ कम सफारी र मेल लाई वैकल्पिक एपका रुपमा लिन सकिने सुविधा दिइएको छ।

आईओएस १४.५ बिटामा म्युजिक पनि चेन्ज गर्न सकिने गरी तयारी भइरहेको छ भने आईओएस १५ मा यस बाहेक अन्य धेरै एपहरुमा परिवर्तन वा कस्टमाइज गर्न सक्ने अप्शन आउन सक्नेछ।

सेटिङ मेन्यु ओभरहल

आईओएस १५ को अर्को मुख्य आकर्षण भनेको सेटिङ मेन्यु ओभरहल हो। सेटिङ मेन्युमा केही सुधारात्मक फिचरहरु आए पनि आईओएस १४ मा दिइएको सेटिङ मेन्यु नै यसमा प्रयोगमा ल्याइनेछ। तर एप्पलले यसलाई अझै आकर्षक बनाउन सेटिङ मेन्युको डिजाइनमा भने परिवर्तन ल्याउन सक्नेछ।

अलवेज अन डिस्प्ले मोड

ओएलईडी स्क्रीनमा सबैभन्दा बढी उपयोगमा आउने फिचर भनेको अलवेज अन डिस्प्ले हो।

यो फिचर उपयोगी भए पनि ब्याट्री धेरै खाने डिभाइसको रिफ्रेश रेट पनि घट्ने समस्या हुन्छ।

अलवेज अन डिस्प्ले मोडलाई सुहाउने तरिकाले कम्पनीले नोटिफिकेशनका लागि लक स्क्रीन पनि अपडेट गर्ने बुझिएको छ।

 

 

TK Viber

प्रकाशित: १ चैत्र २०७७, आईतवार

Loading...