Technology Khabar १ चैत्र २०७७, आईतवार
अमेरिकी संघीय न्यायाधीशले शुक्रबार अमेरिकी रक्षा विभागलाई चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पमाथिको रोकलाई अस्थायी रूपमा रोक्ने आदेश दिएका छन् ।
अमेरिकी प्रशासनले केहि समयअघि चिनियाँ सेनासँग सम्बन्धमा रहेको आरोप लगाउँदै अमेरिकी लगानीकर्तालाई शाओमीमा गरिएको लगानी डाइभेट गर्न आदेश जारी गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो आदेश जारी गरेका थिए ।
ट्रम्प प्रशासन अन्तर्गत डिफेन्स डिपार्टमेन्टले जनवरी मध्यमा, शाओमीसहित अन्य आठ फर्महरुलाई एक सूचीमा समावेश गरेको थियो । जसअनुसार अमेरिकीहरुले एक अन्तिम म्यादमा ती कम्पनीहरुमा आफ्नो लगानी बेच्न आवश्यक छ ।
शाओमीले सो आदेशको विरुद्धमा अदालतमा मुद्धा दायर गर्दै सो सूचीबाट आफूलाई हटाउन माग गरेको थियो। जसमा कम्पनीले सो आदेश गैरकानूनी र गैरसंवैधानिक भएको जिकिर गरेको थियो। त्यसअघि शाओमीले आफू कुनैपनि चिनियाँ सैन्य सम्पर्क वा लगानीको कम्पनी नभएको स्पष्ट पारेको थियो ।
सुनुवाईको क्रममा न्यायाधिशले शाओमीले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरा हुने कुनै कार्य नगरेको उल्लेख गरेका थिए ।
कम्पनीले अदालतसँग सो सूचीबाट पूर्णरुपमा हटाउने आदेश दिन समेत माग गरेको छ ।
प्रकाशित: १ चैत्र २०७७, आईतवार