कोरोना खोपबारे भ्रामक जानकारी फैलाउने ३० हजार भिडियो युट्युबाट डिलिट

Technology Khabar २९ फाल्गुन २०७७, शनिबार

कोरोना खोपबारे भ्रामक जानकारी फैलाउने ३० हजार भिडियो युट्युबाट डिलिट

काठमाडौं ।

युट्युबले कोरोना खोपको बारेमा भ्रामक जानकारी फैलाउने ३० हजार भिडियो डिलिट गरेको जानकारी दिएको छ ।

गलत जानकारीको विरुद्धमा युट्युबको नीति आएको ६ महिनापछि युट्युबले भिडियोहरु डिलिट गरेको हो ।

अक्टोबर भन्दा पहिले पनि युट्युबले कोरोनाको बारेमा गलत जानकारी बारे नीति ल्याएको थियो तर यसमा खोपलाई तोकेर केहीपनि लेखिएको थिएन् ।

युट्युबका एक प्रवक्ताकाअनुसार ती भिडियोहरुले विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य नियामकहरुको भन्दा फरक विषयसहित भ्रामक जानकारीहरु दिईरहेका थिए ।

यस भन्दा अगाडि युट्युबले गत वर्ष कोरोना भाइरसको बारेमा गलत जानकारी फैलाउने ८ लाख भिडियोलाई पनि डिलिट गरेको थियो ।

डिलिट गरिएका भिडियोहरुमा भ्याक्सिनले मानिसहरु मर्ने, नपुङ्सक हुने वा सुक्ष्म माइक्रोचिप राखिने लगायतका गलत र भ्रामक अफवाहहरुसहित गलत जानकारी दिएका थिए ।

महामारीको शुरुवातमा पनि भाइरसको बारेमा अफवाह र हल्लाहरुसहित बिना आधार कन्स्पिरेसी थ्यौरीसहितका भिडियोहरु राखिएका थिए जसलाई युट्युबले हटाएको थियो ।

विश्व स्वास्थ्य संगठन र अरु प्रशासनहरुको जानकारी बाहेकको जानकारीलाई युट्युबले आधिकारिक नमान्ने बताएको छ ।

easy care

प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार