वेबका निर्मातालाई डिजिटल विभेद वृद्धिमा चिन्ता, महामारीले इन्टरनेट पहुँचको महत्व बढाएको विचार

Technology Khabar २९ फाल्गुन २०७७, शनिबार

वेबका निर्मातालाई डिजिटल विभेद वृद्धिमा चिन्ता, महामारीले इन्टरनेट पहुँचको महत्व बढाएको विचार
Global IME Bank

काठमाडौं ।

‘वेब’ का निर्माताले कोरोनाभाइरस महामारीले आधारभूत अधिकारको रूपमा इन्टरनेट कनेक्टिविटीको महत्त्वलाई प्रकाश पारेको बताएका छन्।

सर टिम बर्नर्स लीले धेरै युवा मानिसहरुसंग इन्टरनेट पहुँच नभएको र महामारीको दौरान डिजिटल बिभाजन बढेको बताएका हुन्।

उनले सरकारहरुलाई सन् २०३० सम्ममा युनिभर्सल ब्रोडब्यान्ड उपलब्ध गराउन लगानी गर्न आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ।

‘हामी यो नगर्नका लागि अफोर्ड गर्न सक्दैनौं,’ उनले वर्ल्ड वाइड वेबको वार्षिकोत्सव मनाउने क्रममा आफ्नो वार्षिक पत्रमा लेखेका थिए।

टिमले सन् १९८९ मा सर्न अनुसन्धान प्रयोगशालामा काम गर्दा वेबको पहिलो कल्पना गरेका थिए।

उनी भन्छन् ‘गत १२ महिनामा, यो जीवन रेखा साबित भएको छ जसले हामीलाई अनुकूलन गर्न र जारी राख्न मद्दत पुर्‍याउँछ।’

तर उनी भन्छन्, एक तिहाई युवा मानिसहरुसँग कुनै इन्टरनेट पहुँच छैन र अरु धेरैले काम गर्न वा घरबाट सिक्न आवश्यक पर्ने कनेक्सनको गुणस्तरको अभाव छ।

बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले भने कि जब वेब अधिक शक्तिशाली हुँदै गएको छ, र हुने तथा नहुनेहरुको बीचमा डिजिटल विभेद (डिजिटल डिभाइड) फराकिलो हुँदै गयो।

‘त्यो सधैं मामलाको रुपमा भएको छ,’ उनले भने,’अब घरबाट काम गर्दै, र घरमा सिक्दै गर्दा, यसले अझ बढी स्पष्ट बनाएको छ।’

उनका अनुसार यो बेलायतका साथै विकासशील देशहरूमा पनि लागू हुन्छ।

टिमले वेबमा विशेष गरी युवतीहरूलाई लक्षित गर्ने किसिमको गलत सूचना र दुरुपयोगको बारेमा चिन्ता समेत व्यक्त गरेका छन् ।

Sajilo Visa

प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया