आईफोनपछि अब गुगलको पिक्सेल फोन पनि भारतमा उत्पादन हुने

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

आईफोनपछि अब गुगलको पिक्सेल फोन पनि भारतमा उत्पादन हुने
Classic Tech

एप्पलले आईफोनको उत्पादन हबका रुपमा चीनमा मात्र सीमित नहुने भन्दै ७ देखि १० प्रतिशत उत्पादन भारतमा प्लान्ट लगाएर यसै वर्ष सुरु गर्ने घोषणा गरेको केही दिन मात्र भयो।

यसै क्रममा गुगलले पनि आफ्नो पिक्सेल फोनको उत्पादन भारतमा पनि गर्ने जानकारी बाहिर आएको छ।

गुगलले गत वर्ष राडारमा आधारित मोशन सेन्स फिचर भएका कारण पिक्सेल४ र पिक्सेल ४एक्सएल स्मार्टफोन भारतमा सार्वजनिक गरेन।

त्यसबाहेक गुगलले पिक्सेल ४ए ५जी र पिक्सेल ५ पनि भारतीय बजारमा ल्याएन। पिक्सेल फोनसँऊ सम्बन्धित एक अधिकारीले भने, ‘भारतीयहरुले ५जी चलाउन सक्दैनन्। यस्तोमा हामीलाई महंगो फोन किन चाहियो! हार्डवयरका हिसाबले महंगो पर्न जाने हुँदा हामीले ५जी फोन सार्वजनिक गरेनाैं।’

आफ्नो पिक्सेल फोनले राम्रो ब्राण्ड सचेतना ल्याएरहेको र यसलाई थुप्रै भर्जन र शुल्कमा धेरै जनाको पहुँच पुग्नेगरी ल्याउनुपर्छ भन्नामन गुगल विश्वस्त छ।

भारतीय बजारमा उच्च क्षमता र स्तरका मोबाइल सेट उतार्ने थुप्रै आधिकारिक उपकरण उत्पादकहरु भएकाले आफूलाई स्थापित गर्न गुगलले राम्रै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।

काउन्टरपोइन्ट रिसर्चका एसोसियट डाइरेक्टर तरुण पाठकका अनुसार भारतीय बजारमा ३० देखि ४० हजार रुपैयाँका फोनहरुको वृद्धि उल्लेख्य मात्रामा भएको छ।

गुगलले भारतीय बजारमा यसअघि नै स्मार्ट स्पीकरलगायतका उत्पादनहरु ल्याइसकेको छ। त्यसैले पिक्सेलको उपस्थितिलाई कम्पनीले पहिले नै बजारमा रहेका आफ्ना गुगल होम इकोसिस्टमकै दायरा फराकिलो पारिएको रुपमा लिन सकिन्छ।

TK Viber

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

Loading...