शक्तिशाली डेस्कटप कम्प्युटर ल्याउँदै ह्वावे, चीनबाहिर सार्वजनिक गरिने

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

शक्तिशाली डेस्कटप कम्प्युटर ल्याउँदै ह्वावे, चीनबाहिर सार्वजनिक गरिने

काठमाडौं ।

ह्वावेले डेस्कटप कम्प्युटर उत्पादन सुरु गरेको छ। उसले आफ्नो पहिलो डेस्कटप कम्प्युटर चीनबाहिर सार्वजनिक गर्ने निधो गरेको छ।

ह्वावे सेन्ट्रलका अनुसार ह्वावेको मेट स्टेशन एस डेस्कटप कम्प्युटर छिट्टै मलेसियामा किन्न पाइनेछ।

कम्पनीले यसलाई कस्टम कूलिङ सिस्टम भएको कम्प्याक्ट कम्प्युटरका रुपमा बिक्री गर्ने योजना बनाएको छ।

मेट स्टेशन एस यसअघिका डेस्कटप कम्प्युटरहरु भन्दा धेरै फरक छ भने गत वर्ष चीनमा सार्वजनिक गरिएको विण्डोज अपरेटिङ सिस्टमसहितको मेट स्टेशन बी५१५ लाई रिडिजाइन गरिएको जस्तो देखिन्छ।

मेट स्टेशन एस मा एएमडी राइजेन५ 4600जी सीपीयू रहनेछ भने डीडीआर४ को ८ जीबी र्याम तथा एम.२ को २६५ जीबी एसएसडी स्टोरेज रहनेछ।

यसमा कम्पनीले आफैले विकास गरेको मदरबोर्ड राख्छ वा बाहिर अन्य कुनै कम्पनीबाट ल्याउँछ भन्ने पक्का भएको छैन। मेट स्टेशन एसमा विण्डोज १० अपरेटिङ सिस्टम रहने बताइएको छ।

मेट स्टेशन एसमा अगाडि र पछाडि सिरियल पोर्ट राखिएकोले यसलाई कम्पनीले व्यक्तिगत भन्दा पनि व्यापारिक प्रयोगका लागि सार्वजनिक गर्न लागेको आकलन गर्न सकिन्छ।

यसमा भिडियो आउटपुटका लागि भीजीए र एचडीएमआई पोर्ट, यूएसबी-सी पोर्ट, वायरलेश अप्शन, ब्लुटूथ ५.० तथा डुअल ब्याण्ड वाइ फाइजस्ता फिचर तथा पोर्टहरु राखिएका छन्।

कम्पनीले यसलाई २३८ इन्च मनिटरसँग बण्डलिङ गरेर बजारमा ल्याउँदैछ भने एउटा स्मार्ट कीबोर्डको अप्शन पनि राखिएको छ।

मेट स्टेशन एस मलेसियामा रहेको ह्वावेको स्टोरमा बिक्रीको सूचीमा राखे पनि यसको सम्भावित मूल्य तथा उपलब्ध हुने मितिबारे कुनै जानकारी आएको छैन।

जर्मन ब्लग साइट विनफ्युचरका अनुसार यो डेस्कटप कम्प्युटर यूरोपमा जुन महिनामा सार्वजनिक हुने र यसको मूल्य ७७१ डलरको हाराहारी रहनेछ।

easy care

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

ताजा समाचार