अब अरुको पासवर्ड लिएर नेटफ्लिक्स चलाउन नपाइने, आफ्नै एकाउन्टबाट साइन अप गर्नुपर्ने

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

अब अरुको पासवर्ड लिएर नेटफ्लिक्स चलाउन नपाइने, आफ्नै एकाउन्टबाट साइन अप गर्नुपर्ने
Classic Tech

नेटफ्लिक्सले आफन्त वा साथीसँग पासवर्ड लिएर प्रयोग गरिरहेका  प्रयोगकर्तालाई आफ्नै एकाउन्टबाट साइन अप गर्न अलर्ट गर्न थालेको छ।

अहिले परीक्षणका क्रममा रहेको उक्त प्रावधानले हाल शेयर भएका पासवर्डलाई कुनै असर नपार्ने तर अबदेखि साइन अप गर्दा आफ्नै एकाउन्टबाट गर्नुपर्ने भएको हो।

यो हप्ता नेटफ्लिक्सले पासवर्ड लिएकाहरु वास्तविक एकाउन्ट होल्डरसँग नभएको भन्दै यस्ता अलर्टहरु पठाएको द स्ट्रिमेबलले  पत्ता लगाएको थियो।

द स्ट्रिमेबलका अनुसार उक्त अलर्टमा यदि नेटफ्लिक्स चलाइरहेको कुनै व्यक्ति सम्बन्धित एकाउन्ट होल्डरसँग बस्दैन वा बसिरहेको छैन भने उनीहरुले आफ्नै एकाउन्टबाट साइन अफ गर्न आग्रह गरिएको छ।

उक्त अलर्टमा ‘३० दिनका लागि निशुल्क जोडिनुहोस्’ वा ‘यदि तपाईँ एकाउन्ट होल्डर हुनुहुन्छ भने इमेल वा मेसेजमार्फत् टु फ्याक्टर अथेन्टिकेशन कोड हालेर भेरिफाइ गर्नुहोस्’  ‘पछि भेरिफाइ गर्नुहोस्’ जस्ता विकल्पहरु दिइन्छन्।

यसमा सापटी लिइएकै एकाउन्टलाई अगाडि बढाउन पाइए पनि पछि भेरिफाइ गर्ने अप्शन रोजेका प्रयोगकर्ताले कहिलेसम्मा भेरिफाइ गरिसक्नुपर्ने हो भन्ने यकिन छैन।

अहिले यो प्रावधान टीभीका लागि मात्र परीक्षणमा आएको छ। एउटा सर्वेक्षणका अनुसार लगभग ५० प्रतिशत नेटफ्लिक्स एकाउन्ट होल्डरले पासवर्ड शेयर गर्ने पाइएकोले यसतो प्रावधान ल्याउन लागिएको हो।

कुनै पनि एकाउन्टको पासवर्ड एङ्कै घरका व्यक्तिले मात्र शेयर गर्न पाउने सम्बन्धी नेटफ्लिक्सको शर्तमा यस्तो उल्लेख छ, ‘ नेटफ्लिक्सका सेवा तथा हाम्रा सेवामार्फत हेरिएका कुनै पनि सामग्री तपाईँको व्यक्तिगत प्रयोजनका लागि मात्रै भएको र व्यावसायिक प्रयोजनका लागि नभएकोले तपाईँका घर परिवारका व्याक्तिबाहेक अरुलाई बाँड्न मिल्दैन।’

 

TK Viber

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

Loading...