ह्वावे थाईल्यान्डलाई डिजिटल इन्टर्नेसनल कर्पोरेसन अफ द इयरको प्रतिष्ठित प्रधानमन्त्री अवार्ड प्राप्त

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

ह्वावे थाईल्यान्डलाई डिजिटल इन्टर्नेसनल कर्पोरेसन अफ द इयरको प्रतिष्ठित प्रधानमन्त्री अवार्ड प्राप्त
Classic Tech

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्रीले ह्वावेका कार्यकारीहरुलाई बधाई दिँदै थाइल्याण्डलाई अगाडि बढाउन कम्पनीको मिसन जारी राख्न आग्रह गरे।

प्रयुतले उनको सरकारले फाइभजी र एआई प्रणालीको विकासमा जोड दिने बताउँदै आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गरे ।

यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाईल्यान्ड राज्यमा स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि सम्मान हो । यो पुरस्कार प्राप्त गर्ने ह्वावे एक मात्र अन्तर्राष्ट्रिय कम्पनी हो ।

डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भने, ‘ह्वावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पुर्याउँछ । प्रविधि मार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ ।’

नट्टापोनले भने कि कोभिड १९ महामारीको क्रममा, ह्वावेले एआई–सहयोगी समाधान र देशको चिकित्सा टोलीलाई अस्पतालहरुमा सहयोग गर्न फाइभजी प्रविधि प्रयोग गर्यो ।

उनले भने कि थाइल्यान्डको पहिलो फाइभजी इकोसिस्टम इनोवेशन सेन्टर फाइभजी ईआईसी ह्वावेको सहयोगमा सुरू गरेको हो र फाइभजी टेक्नोलोजीले थाइल्यान्डलाई आफ्नो व्यवसायिक प्रतिस्पर्धा बढाउन सहयोग पुर्याएको छ ।

ह्वावे थाईल्याण्डका सीईओ आबेल डेङ्गले भने, ‘ह्वावेले दीर्घकालीन साझेदारीको महत्त्व राख्छ र थाइल्याण्डलाई डिजिटल युगको अग्रस्थानमा राख्न मद्दत गर्न ग्राहकहरू र साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।“

‘ग्रो इन थाइल्यान्ड कन्ट्रीब्युट टु थाइल्यान्ड भन्ने मिसनको साथ, ह्वावेले एसिया–प्यासिफिक क्षेत्रमा थाइल्याण्ड ( लाई ) एक डिजिटल हब निर्माण गर्न मद्दत गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदछ । हामी प्रत्येक व्यक्तिको लागि, हरेक घरमा डिजिटल ल्याउनेछौं, जस मार्फत पूर्ण रूपमा कनेक्टेड र इन्टेलिजेन्ट थाइल्यान्ड बन्नेछ,’ उनले थपे ।

TK Viber

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

Loading...