तपाईँको फोनको ब्याट्रीमा खराबी त छैन? यसरी थाहा पाउनुस्

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

तपाईँको फोनको ब्याट्रीमा खराबी त छैन? यसरी थाहा पाउनुस्

मोबाइल फोन हाम्रो दैनिक जीवनमा नभइ नहुने साधनका रुपमा रहँदै आएको छ। यसले हाम्रो जीवन सहज गराउन मद्दत गरिरहेको हुन्छ।

हिजोआज मानिसहरु एकछिन मोबाइलबाट टाढा हुँदा वा मोबाइलले राम्ररी काम नगर्दा पनि असहज महसुस गर्न थालिसकेका छन्।

फोनले राम्ररी काम गर्न र हाम्रो जीवन सहज बनाउन फोनको ब्याट्रीले राम्ररी काम गर्नु जरुरी हुन्छ। घरीघरी फोनमा तात्ने र बेला बेला बन्द हुनेजस्ता समस्या छन् भने कतै ब्याट्रीमा समस्या पो आएको छ कि भनेर सजग हुनुपर्छ।

यस्तोमा आफ्नो फोनको ब्याट्रीले राम्ररी काम गरिरहेको छ कि छैन भनेर थाहा पाउन यी संकेतहरुमा ध्यान पुर्याउन आवश्यक छ:

ब्याट्री छिट्टै सकिन्छ

सामानयतया मोबाइललगायतका डिभाइसहरुमा किनेको २ वर्षसम्म ब्याट्रीले राम्ररी काम गर्छ। त्यसपछि बिस्तारै त्यसको क्षमता ह्रास हुन थाल्छ। यदि तपाईँको ब्याट्रीले मोबाइललाई राम्ररी चलाउन सक्दैन भने ब्याट्रीमा खराबी आयो भन्ने बुझ्नुपर्छ।

फोन चार्ज हुँदैन

प्लगमा राखेपछि पनि यदि फोन चार्ज हुँदैन भने यो पनि ब्याट्रीमा खाराबी आएको कारणले हुन सक्छ। यस्तोमा पटक पटक चार्ज गर्दा पनि फोनको ब्याट्री लेभल बढ्दैन।

फोनको चार्ज धेरै बेर अडिँदैन

जब ब्याट्रीमा खराबी आउँछ तब यसले लिएको चार्ज धेरैबेर लिइराख्न सक्दैन। यसमा स्टोर भएको शक्ति छिट्टै घट्न थाल्दछ र १०० प्रतिशत नै चार्ज भएपनि केही समयमै घटेर जान्छ। यस्तोमा चार्ज गरुन्जेल ब्याट्री धेरै देखाउने र झिकेपछि घट्ने गर्दछ।

फोन आफैं रिस्टार्ट हुन्छ

कुनै बेला फोन आफैं रिस्टार्ट हुने समस्या थुप्रै स्मार्टफोन प्रयोगकर्ताले भोग्दै आएको समस्या हो। महत्वपूर्ण काम गरिरहेको बेला यस्तव भयो भने त्यसबाट नोक्सानी पनि ब्यहोर्नुपर्ने हुन सक्छ। यदि तपाईँको फोनमा यस्तो समस्या छ भने ब्याट्री जाँच गराउनुहोस्।

ब्याट्री फुल्छ

ब्याट्रीमा खराबी आउँदा कुनै कुनै बेला भित्रका पार्टपुर्जामा समस्या आउँछ र ब्याट्री केही फुल्दछ। सामान्यतया ब्याट्रीमा कुनै रासायनिक खराबी आउँदा यस्तो हुने गर्दछ। ब्याट्री फुल्नबाट जोगाउनु छ भने यसलाई धेरै तात्न नदिनुहोस्।

ब्याट्री धेरै तात्नु

सामान्यतया फोनलाई चार्जमा राखेको बेला फोनमा धेरै तापक्रम पैदा हुन्छ। तर अन्य समयमा पनि तपाईँको फोनमा अत्यधिक तापक्रम आइरहेको छ भने त्यो ब्याट्रीको खराबीका कारण हुन सक्छ।

TK Viber

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

Loading...