अडियो क्यासेट टेप आविष्कार गर्ने इन्जिनियर लू ओट्सनको निधन

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

अडियो क्यासेट टेप आविष्कार गर्ने इन्जिनियर लू ओट्सनको निधन
Classic Tech

अडियो क्यासेट टेप आविष्कार गर्ने इन्जिनियर लू ओट्सनको निधन भएको छ।

फिलिप्स कम्पनीका पूर्व इन्जिनियर समेत रहेका डच नागरिक ओट्सनको ९४ वर्षको उमेरमा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

ओट्सनले सन् १९६० देखि नै क्यासेट टेप बनाउन थालेका थिए। र सो प्रविधिलाई सन् १९६३ मा बर्लिन इलेक्ट्रोनिक्स फेयरमा प्रदर्शन गरिएको थियो ।

उनले सन् १९६० ताका अडियो क्यासेटको आविश्कार गरेसँगै विश्वभर १०० अर्ब भन्दा बढि क्यासेट बिक्री भएको अनुमान गरिएको छ ।

ओट्सनको आविष्कारले मानिसहरूले संगीत सुन्ने तरीकालाई रूपान्तरण गरेका छन् ।

सन् १९६० मा ओट्सन फिलिप्स कम्पनीको प्रडक्ट डेभलपमेन्ट विभागमा प्रमुख थिए । उनी र उनको टिमले सो अडियो क्यासेट टेपको विकास गरेको थियो ।

उनले फिलिप्स र सोनी कम्पनीसँग काम गरेर आफ्ना आविष्कारहरुका लाइसेन्स लिएर डिल गरेका थिए। यससँगै अन्य जापानी कम्पनीहरुले पनि सोहि किसिमका क्यासेट टेपहरु बजारमा ल्याएका थिए ।

ओट्सनको ‘कम्प्याक्ट डिस्क (सीडी)’ को विकासमा पनि सहभागी रहेका थिए । उनले  फिलिप्स र सोनी कम्पनीसँग मिलेर सीडी उत्पादन गरे।

१९८२ मा फिलिप्सले कम्प्याक्ट डिस्कको प्रदर्शन गरेको थियो ।

केहि समयअघि क्यासेट टेपको प्रयोग घटेको भएपनि हाल यो पुनर्रुत्थानको क्रममा छ ।

अमेरिकी बजारमा मात्रै सन् २०१८ मा क्यासेट टेप बिक्रीमा अघिल्लो वर्षको तुलनामा थप २३ प्रतिशत वृद्धि भएको थियो।

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

Loading...