सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सव सम्पन्न

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । दशौं वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रम, रक्तदानलगायतका कार्यक्रमहरुको आयोजना गर्दै सम्पन्न गरेको हो ।

उक्त अवसरमा केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ सबैका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुत बैंकका रुपमा अघि बढिरहेको उल्लेख गर्दै बैंकले दोहोरो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे।

उक्त समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखेका थिए । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ।

दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन गरे । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको जनाएको छ।

easy care

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार