रुसमा ट्विटरको विरूद्ध कारबाही, सोशल मिडियाको वेबसाइटको गति सुस्त बनाइयो

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

रुसमा ट्विटरको विरूद्ध कारबाही, सोशल मिडियाको वेबसाइटको गति सुस्त बनाइयो
Classic Tech

रसियाको मिडिया ट्र्याकिङ्ग गर्ने निकायले सोशल मिडिया कम्पनी ट्विटरको गतिलाई सुस्त बनाएको बताएको छ । सो निकायले अमेरिकी कम्पनीले सरकारद्वारा प्रतिबन्धित सामग्रीलाई आफ्नो वेबसाइटबाट हटाउन नसकेको आरोप लगाउँदै यसको गतिलाई सुस्त बनाएको हो ।

रसियन संस्थाको आरोप छ कि उनले ट्विटरलाई करिब तीन हजार पोस्ट हटाउन आग्रह गरेका थिए, जसमा ड्रग्स र अश्लील सामग्री सम्बन्धित सामग्रीहरु समावेश छ। तर कम्पनीले त्यसो गरेन।

संगठनका अनुसार रसियाका नागरिकहरूको सुरक्षाका लागि यो कारवाही गरिएको हो।

रसियामा राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीहरूले ट्विटर व्यापक रूपमा प्रयोग गर्दछन्।

पुटिनका विरोधीहरू र ट्विटरको व्यापक रूपमा प्रयोग गर्नेहरूले त्यस्तो कार्य पछि, उनीहरूलाई ट्विटरको वेबसाइटमा फोटो र भिडियोहरू हेर्न गाह्रो भइरहेको गुनासो गरेका छन् ।

यसैबीच, ट्विटरले भन्यो कि तिनीहरू रूसी संस्थाको कारवाहीमा ‘गम्भीर चिन्तित छन्’।

यसबारे थप जानकारी दिँदै संगठनका अधिकारीहरूले भने कि रूसमा सबै मोबाइल उपकरणहरूमा ट्विटरको गति घटाइएको छ र आधा डेस्कटप उपकरणहरुमा ट्विटरको गति घटाइएको छ।

अधिकारीहरूले भने कि ‘प्रतिबन्धित सामग्री जुन ट्विटरले हटाउन असफल भयो त्यसले नाबालिगहरूलाई आत्महत्या गर्न उक्साउँथ्यो र बच्चाहरूको अश्‍लील सामग्रीहरूको प्रचार गर्छ। साथै, लागू पदार्थ प्रयोगको जानकारी यसको प्लेटफर्मबाट हटाइएको छैन। ”

केही मिडिया रिपोर्टहरूले यो पनि दावी गरेको छ कि ‘रूसमा इन्टरनेटको गति सामान्य रूपमा कम गरिएको छ ।’

ट्विटर रूसमा छैठौं सबभन्दा ठूलो सामाजिक मिडिया वेबसाइट हो।

यो प्लेटफर्म एलेक्सी नाभेलिनी लगायत अन्य विपक्षी नेताहरूले व्यापक रूपमा प्रयोग गर्दछन्।

अहिले नाभेलिनी जेलमा छन। उनलाई जनवरीमा पक्राउ गरिएको थियो। तर जब उनलाई विष खुवाएर मार्ने गर्ने प्रयास भएको थियो, त्यसबेला रसियामा सो घट्नाको विरुद्धमा केही प्रदर्शनहरू भए।

नाभेलिनीको पक्राउ पछि, जब रूसमा केही ठूला प्रदर्शनहरू भए, त्यसबेला पनि सो संस्थाले ट्विटर, टिकटक र फेसबुक लगायत अन्य कम्पनीहरुलाई  चेतावनी दिँदै भन्यो, ‘यदि उनीहरूले प्रदर्शनमा सामेल हुन युवाहरुलाई अपील गरेको भिडियो हटाएन भने उनीहरुले जरिवाना तिर्नपर्ने हुन सक्छन् ।’

‘रूसमा अनलाइनमा भइरहेको सार्वजनिक छलफललाई दबाउन प्रयास भइरहेको चिन्तित छ।’ ट्वीटरले भनेको छ ।

यद्यपि कम्पनीले स्पष्ट गर्‍यो कि यो कुनै पनि हिसाबले अनैतिक व्यवहारलाई समर्थन गर्दैन। बीबीसी

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

Loading...