एप्पलले सिलिकन डिजाइन सेन्टर जर्मनीमा स्थापना गर्ने, १.२ अर्ब अमेरिकी डलर लगानी

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

एप्पलले सिलिकन डिजाइन सेन्टर जर्मनीमा स्थापना गर्ने, १.२ अर्ब अमेरिकी डलर लगानी

काठमाडौं ।

एप्पलले जर्मनीको म्यूनिखमा युरोपियन सिलिकन डिजाइन सेन्टर स्थापना गर्ने बुधबार घोषणा गरेको छ । कम्पनीलेआगामी तीन बर्षमा त्यहाँको टीम विस्तार गर्न, अनुसन्धान र विकासमा १.२ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गर्नेछ।

म्युनिक पहिले नै युरोपमा एप्पलको सबैभन्दा ठूलो ईन्जिनियरिङ्ग हब हो जहाँ ४० देशका करीव १,५०० ईन्जिनियरहरूले पावर व्यवस्थापन डिजाइन, एप्लिकेसन प्रोसेसर, र वायरलेस टेक्नोलोजी जस्ता क्षेत्रहरूमा काम गरिरहेका छन्।

नयाँ सुविधा एप्पलको बढ्दो सेलुलर इकाईको घर हुनेछ, र मोबाइल वायरलेस अर्धचालक(mobile wireless semiconductors) र सफ्टवेयरको लागि युरोपको सबैभन्दा ठूलो अनुसन्धान तथा विकास (आर एन्ड डी) साइटहुने एप्पलले एक विज्ञप्तिमा भन्यो। त्यहाँको टोलीले फाइभजी र अन्य वायरलेस टेक्नोलोजीमा केन्द्रित गर्ने कम्पनीलेबताएको छ।

यो विस्तारले सन् २०१८ मा एप्पलले एङ्गलो-जर्मन चिप डिजाइनर डायलग सेमीकन्डक्टरसँग गरिएको ६०० मिलियन डलरको सम्झौतालाई पछ्याएको छ जसअनुसार आईफोन र अन्य उपकरणहरूमा प्रयोग हुने मुख्य पावर चिपहरू डिजाइन गर्ने टीमहरूलाई भित्र ल्याउने छ। रोयटर्स

easy care

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

ताजा समाचार