जेडटीईद्वारा ६४ मेगापिक्सेलको क्यामरायुक्त एस सिरिजका स्मार्टफोनहरुको घोषणा

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

जेडटीईद्वारा ६४ मेगापिक्सेलको क्यामरायुक्त एस सिरिजका स्मार्टफोनहरुको घोषणा

काठमाडौं ।

चिनियाँ कम्पनी जेडटीईले एस सिरिजका स्मार्टफोनहरु बजारमा ल्याउने घोषणा गरेको छ।

एस सिरिजमा आउने विभिन्न स्मार्टफोनमध्ये कम्पनीले सबैभन्दा पहिले जेडटीई एस सार्वजनिक गर्ने बुझिएको छ।

कम्पनीका सीईओ नि फेइले सामाजिक सञ्जाल विबोमा शेयर गरेको एउटा पोस्टरमा जेडटीई एसको झलक देखिएको छ। पोस्टरमा यो डिभाइसको पछाडिको क्यामरा भएको भागमात्र देखाइएको छ।

तस्बिरमा देखाइएजस्तै जेडटीई एस मा पछाडिपट्टी (क्वाड) चारवटा क्यामरा सेट अप रहनेछ जसमध्ये मुख्य क्यामरा ६४ मेगापिक्सेलको हुनेछ। यसको बडी कतै चम्किलो तथा कतै खस्रो हिसाबले डिजाइन गरिएको छ।

यसको बडी शीशाले बनेको र पछाडिको भाग अलि मोडिएको साथै यसको रंग गुलाबी र नीलोको सम्मिश्रण रहेको देखिन्छ।

यसको मूल्य तथा सार्वजनिक हुने मितिका बारेमा धेरै विवरण बाहिर नआए पनि यो स्मार्टफोन युवाहरुप्रति लक्षित हुने बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

ताजा समाचार