टी मोबाइलले अबदेखि ग्राहकको विवरण विज्ञापन एजेन्सीलाई बेच्न सक्ने

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

टी मोबाइलले अबदेखि ग्राहकको विवरण विज्ञापन एजेन्सीलाई बेच्न सक्ने
Classic Tech

टी मोबाइलले आफ्ना ग्राहकहरुको विवरण विज्ञापन एजेन्सीहरुलाई बेच्न सक्ने शर्तसहितको गेपनीयता नीति ल्याउने भएको छ।

यसमा सबै ग्राहकका नभइ केही विशेष ग्राहकका विवरण तेस्रो पक्षका विज्ञापन एजेन्सीहरुलाई बेचिनेछ। वाल स्ट्रीट जर्नलमा आएको रिपोर्ट अनुसार आगामी अप्रिल २६ तारिखमा सुरु हुने यो नीतिको सुरुवातमा सबै ग्राहकहरुलाई सहभागी गराइनेछ।

तर ग्राहकहरुले आफ्नो खुसीलेयो नियमभित्रै बस्ने वा यसबाट बाहिरिने विकल्प रोज्न पाउनेछन्। यसमा आफूखुसी आवद्ध रहेका ग्राहकको विवरण मात्र विज्ञापन एजेन्सीलाई उपलब्ध गराइनेछ।

यसमा सहभागी हुन नचाहने ग्राहकले आफ्नो युजर एकाउन्टमा भएको प्राइभेसी टूलमा गएर सहभागिताबाट बाहिरनुपर्छ।

टी मोबाइलले ल्याउन लगेको यो नीति एटी एण्ड टी र भेरिजोनको भन्दा खासै फरक छैन। टी मोबाइलले ल्याउन लागेको यो नीति पहिलेका स्प्रिन्टका ग्राहकहरुको भन्दा ठिक उल्टो हो।

टी मोबाइलले आफ्नो विज्ञप्तिमै आफूले यस्तो कार्यक्रममा सहभागी नहुने अप्शन राखेको र यो पहिलेको स्प्रिन्टको सहभागी हुने भन्ने प्रावधानको ठिक विपरीत भएको उल्लेख गरेको छ।

तर कम्पनीले व्यक्तिगत ग्राहकका व्यक्तिगत विवरण तथा बालबालिकाका डिभाइस तथा सेवाहरुका बारेमा  भने सार्वजनिक नगरिने प्रतिबद्धता जनाएको छ।

यो नीति एटी एण्ड टी तथा भेरिजोनमा जस्तै बढीभन्दा बढी विज्ञापन पाउनका लागि ग्राहकका विवरण तेस्रो पक्षका विज्ञापन एजेन्सीहरुलाई दिनेभन्दा खासै फरक छैन।

TK Viber

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

Loading...