किनबेच अनलाइन प्लेटफर्म हाम्रोबजार डटकम बिक्री, कसले किन्यो ?

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

किनबेच अनलाइन प्लेटफर्म हाम्रोबजार डटकम बिक्री, कसले किन्यो ?
Classic Tech

 

किनबेचको नेपाली अनलाइन प्लेटफर्म हाम्रोबजार डटकम बिक्री भएको छ । यसअघि साख ग्रुप अन्तरगत सञ्चालनमा रहेको हाम्रोबजारलाई नयाँ कम्पनीले किनेको हो । यसलाई साख ग्रुपले पूर्ण स्वामित्व हस्तान्तरण गरेको छ ।

कम्पनीले नयाँ मालिक एमएनएस इन्भेस्टमेन्ट्स लाई पूर्ण स्वामित्व बेचेको हो ।

हालै हाम्रोबजारको स्वामित्व बिक्री भएको कम्पनीले जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो क्लासिफाइड अनलाइन किनबेचको प्लेटफर्मको रुपमा हाम्रोबजार सञ्चालन हुँदै आएको छ । यसलाई प्रबल साखले स्थापना गरेका थिए ।

हाल यसमा जोसुकै व्यक्तिले आफूलाई मनपरेका सामग्रीहरु किन्न वा बेच्न सक्ने सुविधा रहेको छ । यसमा सेकेण्डह्याण्ड सामाग्रीहरु अधिक किनबेच हुने गरेको छ ।

यसमा हरेक वर्गका उत्पादनहरु फरक फरक शिर्षकमा राखिएको हुन्छ ।

हाम्रो बजारमा कुनै पनि वस्तु सूचीकृत गरेबापत वा किनबेच गरेबापत शुल्क तिर्नु पर्दैन ।

हाम्रो बजार प्लेटफर्म प्रयोग गरेर मानिसहरुले दैनिक लाखौं/करोडौं रुपैयाँ बराबरको कारोबार गर्छन् तर त्यसबाट कम्पनीले एक रुपैयाँ पनि आम्दानी गर्दैन।

तर कम्पनीले तेस्रो पक्षीय विज्ञापनबाट भने लाखौं रुपैयाँ मासिक आम्दानी हुने जानकारी दिएको छ ।

कम्पनीले हाम्रो बजार डटकमलाई नियमित गर्न ४ जना कर्मचारीहरु समेत राखेको छ ।

हाम्रोबजार डट कमको स्वामित्व खरिद गरेको एमएनएस इन्भेस्टमेन्टका अध्यक्ष सम्भव सिरोहियाले विज्ञप्ति निकालेर कम्पनीको प्रबन्ध निर्देशक पदबाट बाहिरिँदै गरेका प्रवल साखलाई बधाइ ज्ञापन गर्दै अबदेखि रोहित तिवारीले हाम्रोबजार डट कमका प्रबन्ध निर्देशकको रुपमा कार्यभार सम्हाल्ने जानकारी दिए।

TK Viber

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

Loading...