थेसिस नक्कल र चोरी रोक्न खुला विश्वविद्यालयले ‘प्लेजरिजम चेकिङ्ग सफ्टवेयर’ जडान गर्दै

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

थेसिस नक्कल र चोरी रोक्न खुला विश्वविद्यालयले ‘प्लेजरिजम चेकिङ्ग सफ्टवेयर’ जडान गर्दै
Classic Tech

नेपाल खुला विश्वविद्यालयले थेसिस अनुसन्धान पत्रहरुमा हुने बौद्धिक चोरी तथा नक्कललाई रोक्नका लागि प्लेजरिजम चेकिङ्ग सिस्टम सफ्टवेयर (Plagiarism Checking System software) ल्याउने जडान गर्ने भएको छ ।

नेपालको एक मात्र खुला विश्वविद्यालयले सो सफ्टवेयर जडान गर्नका लागि इच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको छ।

विश्वविद्यालयले ई–पुस्तकालय तथा सिकाई व्यवस्थापन प्रणालीका लागि प्लेजरिजम चेकिङ्ग सिस्टम सफ्टवेयर सब्सक्रिप्सनका लागि सिलवन्दी दरभाउपत्र आव्हान गरेको छ ।

सो ई–पुस्तकालय तथा सिकाई व्यवस्थापन प्रणालीका लागि नक्कल परिक्षण प्रणाली सम्बन्धी सफ्टवेयर जडान भएसँगै विश्वविद्याालयमा पीएचडी, एमफिल तथा मास्टर्सका थेसिसमा हुने प्लेजरिजम (बौद्धिक चोरी) लाई पहिचान र परिक्षण गर्नेछ।

यस्तो सफ्टवेयरमा कम्तिमा १३ सय जना यूजरको सहभागीता हुने किसिमको हुनुपर्नेछ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि त्यस्तै प्रकृतिको सफ्टवेयर जडान गर्नका लागि टेण्डर गरिसकेको छ र सो प्रकृयाअनुसार त्रिविले आगामी २/३ महिनाभित्रै सो सफ्टवेयर संचालनमा ल्याउने योजना गरेको छ।

यसै प्रकारको सफ्टवेयर त्रिभुवन विश्वविद्यालय अन्तरगतकै इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्रयोगमा रहेको छ ।

TK Viber

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

Loading...