अनलाईन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गर्न पाउने

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

अनलाईन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गर्न पाउने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

अनलाईन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन् ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अनलाईन सञ्चारमाध्यमहरुले आगामी जेठ मसान्तसम्म नवीकरण गर्न पाउन सक्ने व्यवस्था गरेको जानकारी दिएको हो ।

कोभिड १९ पछिको अवस्थामा सञ्चारमाध्यममा आर्थिक लगायत विविध समस्या देखा परेकाले सो निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले यही फागुन २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो जानकारी गराएका छन् ।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चार माध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिना अर्थात् पुस महिनाभित्र नविकरण गर्नुपर्ने व्यवस्था छ ।

सोही निर्देशिकाको दफा ६ को उपदफा ९१० बमोजिम खण्ड ६७, सङ्ख्या ६१ मिति २०७४ चैत १४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सो सूचनाको खण्ड (ख) बमोजिम २०७७ पुस मसान्तसम्म नविकरण नभएका अनलाइन सञ्चार माध्यमलाई २०७८ जेठ मसान्तसम्म नविकरणको म्याद थप गरिएको हो ।

‘अनलाईन सञ्चारमाध्यम निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाईन सञ्चारमाध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र अर्थात् पुस महिनाभित्र नवीकरण गराउनुपर्ने भन्ने व्यवस्था गरिएकामा पछिल्लो सूचनाले संवत् २०७८ जेष्ठ मसान्तभित्र अनलाईन सञ्चार माध्यमले नवीकरण गराउने गरी तोकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

ताजा समाचार