सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी
Classic Tech

सानिमा बैंकका ग्राहकले विश्वको ५०० भन्दा बढी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् ।

सो सम्बन्धी सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जसअनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नेछन् । आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ ।

उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।

TK Viber

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

Loading...