Technology Khabar २६ फाल्गुन २०७७, बुधबार
एप्पल कम्पनीले आउँदो मार्च २३ तारिखमा एउटा ठूलो इभेन्ट गर्ने भएको छ।
एप्पलसम्बन्धी विभिन्न गोप्य र आधिकारिक जानकारीहरु सार्वजनिक गर्दै आएका जन प्रोस्सरमा अनुसार यस इभेन्टमा चिर प्रतीक्षित स्मार्ट ट्र्याकर ट्याग, एअरपड ३ तथा आईप्याड प्रो को अपडेटका बारेमा जानकारी दिइने अपेक्षा गरिएको छ।
एप्पलको नेक्स्ट जेन एअर बडहरु एअरपड प्रो जस्तै हुने र टच कन्ट्रोलसहित आउने आकलन गरिएको छ। कम्पनीले ल्याउने भनेको एअरट्याग नाम गरेको ट्र्याकिङ डिभाइस सन् २०२० मै आइसक्नुपर्ने भए पनि हालसम्म सार्वजनिक भएको छैन।
गत वर्षको सेप्टेम्बरदेखि नोभेम्बरसम्मको तीन महिनामा कम्पनीले आफ्नै एम१ चिपमा आधारित म्याक सिरिज, आईफोन १२ सिरिज तथा एप्पल वाच ६ र नयाँ आईप्याडहरु सार्वजनिक गरेको थियो।
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार