व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवात

Technology Khabar २५ फाल्गुन २०७७, मंगलवार

व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवात
Classic Tech

नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रबर्द्धन गर्ने उद्धेश्यसहित आजबाट औपचारिक रुपमा व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवात गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले एक कार्यक्रमका बीच व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवातको घोषणा गरे।

डिजिटल प्लेटफर्मको माध्यमबाट सबै व्यावसायिक कामलाई सहज बनाउने उद्देश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यवसायिक सामाजिक सञ्जाल हो, जसको नारा “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ ।

रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले यसलाई मुख्यत चार सिद्धान्तमा संचालन गरिएको जानकारी दिए । उनकाअनुसार रोजगारी, उद्यमशिलता, सशक्तिकरण र संलग्नताको सिद्धान्त अनुरुप यो सञ्चालन हुनेछ ।

यी बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशिल स्वदेश र रोलिङ कर्मशिल विदेशबाट स्वदेशी तथा वैदेशिक रोजगारीका बारेमा जानकारी लिँदै नयाँ अवसरहरु खोज्न सकिने कम्पनीले जानकारी दिएको छ।

रोलिङ नेक्ससले व्यावसायिक सेवा दिन विभिन्न ७ वटा समुहहरु छुट्याएको छ । जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवा लिन सकिने बताईएको छ ।

TK Viber

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

Loading...